मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'गीत' भन्छिन्, 'प्रेमगीत-२ को डबिङ झन्डै छाडेकी थिएँ'

फिल्मीखबर, काठमाण्डौ, 2017/06/27
साउन १३ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको वर्ष २०७२ को सुपरहिट फिल्म 'प्रेमगीत'को सिक्वेल 'प्रेमगीत २' अब प्रदर्शनका लागि तयार भएको छ । राजधानीमा रहेको रेड स्टुडियोमा सोमवार नायिका अश्लेषा ठकुरी र निर्माता एवं कलाकार सन्तोष सेनले अन्तिम स्वरांकन भरे । 'अब फिल्मको पब्लिसिटीमा नै केन्द्रित हुनेछौं', फिल्मका निर्देशक रामशरण पाठकले भने । 
 
निर्माता सन्तोष सेनका अनुसार, फिल्मको सम्पादनका सबै काम सोमवारबाट सकिएको छ । उनले भने, 'प्रेमगीत २ को सम्पूर्ण सम्पादनको काम सकिएको छ । अब हामी फिल्मको पब्लिसिटीमा समय खर्च गर्नेछौं ।' अभिनेता प्रदीप खड्काले भने यसअघि नै डबिङ सम्पन्न गरिसकेका छन् ।
 
पहिलो पटक ठूलोपर्दामा देखिन लागेकी नायिका अश्लेषा ठकुरीले डबिङ गर्दाको अनुभव सुनाउँदै भनिन्, ‘डबिङ गर्दै जाँदा बीचैमा छाडुँकी जस्तो भएको थियो तर हिम्मत हारिन । या त म जोडले चिच्याउनुपर्ने, जोडले हाँस्नुपर्ने संवेदनामा उत्रनुपर्ने थियो । गर्दै जाँदा फिलिङ्सले काम सम्पन्न गर्न सफल भए ।’, अश्लेषा सुनिइन् । 
 
 
रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्म्सको ब्यानरमा बनेको हो। 'प्रेमगीत २' मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ । 
 
फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ । फिल्ममा नेपालका 'प्रेम' र म्यान्मारकी नेपाली यूवती 'गीत' बीचको प्रेम र उनीको जीवनमा आउने अनेकौं 'सुख दुःख'को पाटोलाई पर्दामा उतार्न खोजिएको निर्देशक पाठकले बताए । फिल्मको कथा निर्देशक पाठक आफैले लेखेका हुन् ।