मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिहे गर्नु भनेको पैसाको बर्बादी मात्र : सलमान

एजेन्सी, मुम्बई, 2017/06/26
बलीउड अभिनेता सलमान खान अहिले निकै चर्चामा छन् । हाल उनी अभिनित फिल्म 'ट्यूबलाइट' प्रदर्शन भैरहेको छ । प्रदर्शनको तीन दिनमा ६० करोड ग्रस कलेक्शन गरेको यो फिल्मले केही दिनमा नै सय करोडको आँकडा पार पर्ने बलीउड पण्डितहरु बताउँछन् । 
 
हालैमा सलमानले एक अन्तर्वार्ताको क्रममा विवाह र फिमेल पार्टनर्ससँगको इक्वेशनको विषयमा केही कुरा बताएका छन् । सलमान भन्छन्, 'सिधा शब्दमा भन्ने हो भने मेरो लागि विवाह भनेको बकवास हो । मेरो लागि यो मात्र पैसाको बर्बादी हो ।'
 
उनले अगाडि भने, 'म कहिले पनि प्रेममा विश्वास नै छैन् । म त यी शब्द के हुन् र किन छन् भन्ने नि बुझ्दिन। म मात्र आवश्यकताको कुरा बुझ्छु। कसको कसलाई आवश्यक पर्छ भन्ने चाँहि त्यसैअनुसार भर पर्छ।'