मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'भूईँमान्छे'को ट्रेलरमा हेर्नूस् शव चिर्नेको कथा

फिल्मीखबर, काठमाण्डौ, 2017/06/26
भाद्र २ गतेलाई रिलिज फाइनल गरिएको फिल्म 'भूईँमान्छे'को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा सोमवार एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा दैनिक शव चिर्ने मान्छेको मनोविज्ञान देखाउने कोसिस गरिएको छ । शव चिर्ने व्यक्तिको भूमिका कलाकार रमेश बुढाथोकीले निर्वाह गरेका छन् भने फिल्ममा राष्ट्रिय स्तरकी भलिवल खेलाडी सिपोरा गुरुङ्गको पनि मुख्य भूमिका छ । ट्रेलरमा सिपोराको एक्सन र रोमान्टिक अवतार देख्न सकिन्छ । 
 
नबराज बुढाथोकीको निर्देशनमा तयार भएको यो फिल्ममा सिपोरा गुरुङ्ग, रमेश बुढाथोकी, सहिन प्रजापति, रोहणी भट्टराई, बादल भट्ट, रामबाबु रेग्मी, शसांक बोहोरा, आर्यान न्यौपाने, नारायण न्यौपाने, सानु ताम्राकार, सौरभ ढकाल, हरि यादव लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । 
 
फिल्म 'भूईँमान्छे'लाई नवराज बुढाथोकीले निर्देशन गरेका हुन् । लामो समयदेखि नाटक निर्देशन गर्दै आएका बुढाथोकीले यस अघि फिल्म वनफूल निर्देशन गरेका थिए । वनफूल भने अहिलेसम्म प्रर्दशनमा आएको छैन । रोहिणी भट्टराईको लगानीमा फिल्म 'भूईँमान्छे' निर्माण भएको हो ।