Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

'सायद २' ट्रेलर : 'कुमारी केटी न तेरो न मेरो'

फिल्मीखबर, काठमाण्डौ, 2017/06/25
२०६९ साल बैशाख २९ गते प्रदर्शनमा आएको फिल्म 'सायद'को नेम सिक्वेल 'सायद २' को दोस्रो ट्रेलर रिलिज भएको छ । प्रचार-प्रसारलाई थप आक्रामक बनाउने क्रममा निर्माणपक्षले फिल्मको दोस्रो ट्रेलर रिलिज गरेको हो । ट्रेलरमा समावेश कमेडी संवादहरुले भने दर्शकको ध्यान खिच्न सक्छ । ट्रेलरबाट के अनुमान लगाउन सकिन्छ भने फिल्मको मेकिङ राम्रो छ । यो फिल्म यही असार ३० गतेबाट अलनेपाल प्रदर्शनमा आउँदैछ । 
 
फिल्ममा सुशील श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे तथा निर्माता सुनिल रावलको समेत अभिनय छ । फिल्ममा सुनिलसँग ईश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माणमा सहकार्य गरेका छन् । हेमदेव गौतम र कृष्ण प्रधान पनि सह–निर्माताको रुपमा छन् ।  
 
'सायद २' को पहिलो भागलाई युवापुस्ताका दर्शकहरुले निकै रुचाएका थिए । दुर्गिश फिल्मसको ब्यानरमा सुनिल रावलले निर्माण गरेको फिल्म 'सायद २' लाई पनि दर्शकहरुले रुचाउनेमा निर्माणपक्ष विश्वस्त देखिएको छ । पुष्पराज न्यौपानेले फिल्मलाई निर्देशन गरेका हुन् । 

Most Visited News (monthly)