मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.50/5.00)
Text size:-
+
-

'बक्स अफिस' अवार्डको नोमिनेशन सार्वजनिक, को-को परे ?

फिल्मीखबर, काठमाण्डौ, 2017/06/25
'बक्स अफिस फिल्म फेयर अवार्ड' को उत्कृष्ट ५ को नोमिनेशन सार्वजनिक भएको छ । राजधानीमा आइतवार एक कार्यक्रमको आयोजना गर्दै ३२ विधामा वितरण गर्न लागिएको 'बक्स अफिस फिल्म फेयर अवार्ड' को उत्कृष्ट ५ को नोमिनेशन सार्वजनिक गरिएको हो । यही असार १७ गते लण्डनमा आयोजना हुन लागेको अवार्डका लागि ५ सदस्यीय जुरीले उत्कृष्ट ५ को नोमिनेशन छनौट गरेका हुन् । 
 
सार्वजनिक भएको उत्कृष्ट ५ नायकको मनोनयनमा 'लुट २' बाट सौगात मल्ल, 'वीर विक्रम'बाट दयाहाङ राई, 'गाजलु'बाट अनमोल केसी, 'होमवर्क'बाट आर्यन सिग्देल र 'लभ साशा'बाट कर्मा शाक्य परेका छन् भने उत्कृष्ट ५ नायिकाको नोमिनेशनमा 'किस्मत २' बाट शिल्पा पोख्रेल, 'होमवर्क'बाट नम्रता श्रेष्ठ, 'छक्का पन्जा'बाट प्रियंका कार्की, 'लभ साशा'बाट केकी अधिकारी र 'लप्पन छप्पन'बाट वर्षा सिवाकोटी परेका छन् । त्यस्तै, 'छक्का पन्जा', 'गाजलु', 'वीर विक्रम', 'लभ साशा' र 'लुट २' सर्वोत्कृष्ट फिल्मको पाँचभित्र अटाएका छन्।
 
अवार्डको आयोजना लण्डनको थर्ड आई टिम र नेपालको बक्स अफिस अवार्ड मिलेर संयूक्त रुपमा गर्न लागेको हो । थर्ड आई टिमका संयोजक विकास देवकोटाले अवार्डलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । बेलायतको थर्ड आई टिमका अध्यक्ष विकास देवकोटाका अनुसार, म्यूजिकल जर्नी, लण्डनमा नेपालीहरुको बृहत बनभोज, इन्कोर इन लण्डन तथा नेपालीका भूकम्प पीडितलाई राहत कार्यक्रमहरु सञ्चालन भएका छन् । 
 
बेलायतमा नेपाली कलाकारहरुको सम्मानार्थ थर्ड आईको विशेष भूमिका रहेको छ । बक्स अफिस फिल्म फेयर अवार्डलाई नेपालबाट थर्ड आईका नेपाल संयोजक हरि सिलवाल तथा निर्माता शक्तिबल्दब घोरासैनीले व्यवस्थापन गरेका छन् । 
 
'१० औं बक्स अफिस फिल्म फेयर' नेपालका अध्यक्ष आर के. सुवेदीले उत्कृष्ट ५ नोमिनेशन सार्वजनिक कार्यक्रममा बोल्दै अवार्ड निष्पक्ष हुने दावी गरे । बक्स अफिस अवार्डका लागि ४५ सदस्य कलाकार तथा प्राविधिकहरुको टोली यही बिहीवार लण्डन प्रस्थान गर्दैछन् । 
 
 
मनोनयनमा को-को परे ? 
 
सर्वश्रेष्ठ मेक-अप
१.      अमृत मरहठ्ठा         - लुट २
२. शंकर थापा - छक्का पञ्जा
३. निमा लामा - किस्मत २
४. सरोज पाण्डे - पुरानो डुङ्गा
५. निमा लामा - गाजलु
 
सर्वश्रेष्ठ कला निर्देशक
१. आशिष दाहाल/कसम नेपाल       - जंगे
२. मेनुका राई - लुट २
३. कृष्ण राई/भावना घिमिरे - दर्पण छााया २
४. सुरेश कार्की - पुरानो डुङ्गा
५. सन्तोष लामा - वीर विक्रम
 
सर्वश्रेष्ठ भेषभूष (ड्रेस डिजाइन्)
१. उत्तम बनेपाली - के म तिम्रो होइन र 
२. उत्तम बनेपाली - द विनर 
३. रुबी राणा/एस्ट्रीक शेरचन - गाजलु
४. युबी थापा - विर विक्रम
५. रुबी राणा/एस्ट्रीक शेरचन - किङ्ग
 
सर्वश्रेष्ठ ध्वनि मिश्रण 
१. उत्तम न्यौपाने - लुट २
२. सुनयमान श्रेष्ठ - छक्का पञ्जा
३. सुकेश शाह - के म तिम्रो होइन र 
४. राजकृष्ण श्रेष्ठ - एकपल
५. रमेश भट्टराई - द विनर 
 
सर्वश्रेष्ठ पाश्र्व संगीत
१. एलिस कार्की - के म तिम्रो होइन र 
२. सुजील कर्माचार्य - छक्का पञ्जा 
३. इमान विक्रम शाह - जय पर्शुराम 
४. शैलेश श्रेष्ठ - गाजलु 
५. रामजी लामिछाने - निर्भय
 
सर्वश्रेष्ठ कलर करेक्सन 
१. राजेन्द्र मोक्तान - गाजलु
२. अनन्त घिमिरे - एक पल
३. कपिल पराजुली - छक्का पञ्जा
४. मनोरञ्जन श्रेष्ठ - निर्भय
५. रेनिस फागो - के म तिम्रो होइन र 
 
सर्वश्रेष्ठ भि. एफ. एक्स 
१. अनन्त घिमिरे - द विनर 
२. सत्यम राना - जय पर्शुराम
३. कञ्चन शाही - भ्रम 
४. मनोज श्रेष्ठ - लुट २
५. रुपक परियार/सागर गहतराज - लप्पन छप्पन 
 
सर्वश्रेष्ठ खलनायक  
१. रविन तामाङ - जय पर्शुराम
२. धु्रब कोइराला - मेरो देश
३. विकाश चापागाई - निर्भय 
४. प्रज्वल सुजल गिरी - के म तिम्रो होइन र 
५. अर्पण थापा - वीर विक्रम 
 
सर्वश्रेष्ठ हास्य कलाकार 
१. केदार घिमिरे (माग्ने बुढो) - छक्का पञ्जा 
२. जितु नेपाल - छक्का पञ्जा
३. ज्योति काफ्ले - लालजोडी
४. बुद्धि तामाङ - छक्का पञ्जा 
५. नाजीर हुसैन - वीर विक्रम
 
सर्वश्रेष्ठ बाल कलाकार 
१. नवीन भुजेल - उमंग 
२. साइब्रत आचार्य - छााया 
३. लाक्पा सिंगे तामाङ - डाइग क्याण्डल
४. रञ्जना डाागी - बृन्दावन
५. पि्रन्सु सिटौला - भाग्य आ-आफ्नो
 
सर्वश्रेष्ठ नृत्य निर्देशक
१. गोविन्द राई - लेकै जाने -ब्रासलेट) 
२. बसन्त श्रेष्ठ - सोझै हो मान्छे म त -जय पर्शुराम)
३. कविराज गहतराज - पूर्व पश्चिम रेल -छक्का पञ्जा)
४. विक्रम स्वाार - ठमेल बजार -लुट २)
५. रामजी लामिछाने - म त हुन्छु जस्तो -जय पर्शुराम)
 
सर्वश्रेष्ठ पटकथा 
१. हेमराज बि.सी. - गाजलु 
२. निश्चल बस्नेत   - लुट २
३. मुकुन्द भट्ट - लप्पन छप्पन
४. दीपकराज गिरी - छक्का पञ्जा
५. यम थापा - वीर बिक्रम 
 
सर्वश्रेष्ठ संवाद
१. दीपकराज गिरी - छक्का पञ्जा
२. लक्ष्मण सुवेदी - लालजोडी 
३. हेमराज वि.सी. - गाजलु
४. देब नेपाल - मेरो देश 
५. प्रचण्डमान श्रेष्ठ - लभ सासा
 
सर्वश्रेष्ठ कथा 
१. लक्ष्मण सुवेदी - लालजोडी
२. शिव शर्मा - उमंग 
३. उदय सापकोटा -सुरेन) - मेरो देश
४. मिलन चाम्स - विर विक्रम
५. माओत्से गुरुङ - पुरानो डुङ्गा 
 
सर्वश्रेष्ठ सम्पादक
१. सुरेन्द्र पौडेल - गाजलु
२. अर्जुन जिसी/भुपेन्द्र अधिकारी - के म तिम्रो होइन र 
३. विपिन मल्ल - छक्का पञ्जा
४. सुरेन्द्र पौडेल - लुट २ 
५. अर्जुन जि.सि. - वीर विक्रम
 
सर्वश्रेष्ठ छायाँकार
१. शैलेन्द्र ध्वज कार्की - गाजलु
२. पुरुषोत्तम प्रधान - छक्का पञ्जा
३. शिव राम श्रेष्ठ - लभ सासा
४. पुरुषोत्तम प्रधान - लुट २
५. राम कुमार केसी - वीर विक्रम
 
सर्वश्रेष्ठ द्धन्द निर्देशक
१. हिमाल के.सी. - के म तिम्रो होइन र 
२. राजकुमार उप्रेती - लुट २
३. एन. बी. महर्जन - जय पर्शुराम
४. सम्राट बस्नेत - विर विक्रम
५. रोशन श्रेष्ठ - किङ्ग
 
सर्वश्रेष्ठ चरित्र अभिनेता
१. टिका पहारी - बाटो मुनिको फूल २
२. माओत्से गुरुङ - पुरानो डुङ्गा
३. नरेश पौडेल - जंगे 
४. सन्तोष पन्त - किस्मत २
५. नीर शाह - ब्रासलेट
 
सर्वश्रेष्ठ चरित्र अभिनेत्री
१. रश्मी भट्ट - सुन्तलिलाई भगाई लग्यो झिल्केले
२. मिथिला शर्मा - के म तिम्रो होइन र 
३. गौरी मल्ल - गाजलु
४. बसुन्धरा भुसाल - छक्का पञ्जा
५. अरुणा कार्की - छाया
 
सर्वश्रेष्ठ सह-नायक
१.      मन्चिन शाक्य - द विनर
२.     अनुप बिक्रम शाही - वीर विक्रम 
३.     सलोन बस्नेत - गाजलु
४.     दयाहाङ्ग राई - लुट २
५.     किशोर खतिवडा - किस्मत २
 
सर्वश्रेष्ठ सह नायिका
१.    सुरविना कार्की - लुकामारी
२.    अशिष्मा नकर्मि - बाटो मुनिको फूल २
३.    वर्षा राउत - छक्का पञ्जा
४.    रजनी क.सी. - लालजोडी
५.    मेनुका प्रधान - पुरानो डुंगा
 
सर्वश्रेष्ठ नव-नायिका
१.     सृष्टि श्रेष्ठ - गाजलु
२.    मरिष्का पोखरेल - के म तिम्रो होइन र 
३.    दिया पुन - वीर विक्रम
४.    सहारा कार्की - दर्पण छाँया २
५.    ज्योत्सना योगी - म त तिम्रै हुँ 
 
सर्वश्रेष्ठ नव-नायक 
१.    आयुष्मान देसराज जोशी - चपलीहाइट २
२.    पृथ्वीराज प्रसाई - किस्मत २
३.    पुष्पल खड्का - दर्पण छाँया २
४.   आकाश श्रेष्ठ - म त तिम्रै हुँ 
५.   आर्यन अधिकारी - के म तिम्रो होइन र 
 
सर्वश्रेष्ठ नायिका 
१.    शिल्पा पोखरेल - किस्मत २
२.    नम्रता श्रेष्ठ - होमवर्क
३.   प्रियंका कार्की - छक्का पञ्जा
४.   केकी अधिकारी - लभ सासा
५.   वर्षा शिवाकोटी - लप्पन छप्पन
 
सर्वश्रेष्ठ नायक 
१.    सौगात मल्ल - लुट २
२.   दयाहाङ्ग राई - वीर विक्रम
३.   अनमोल के.सी. - गाजलु
४.   आर्यन सिग्देल - होमवर्क
५.    कर्मा - लभ सासा
 
सर्वश्रेष्ठ नव-निर्देशक 
१.     नविन अवाल - बिजुली मेसिन
२.    शिव शर्मा - उमंग 
३.    नरेश केसि - डाइङ क्याण्डल
४.    श्रीराम महत - म त तिम्रै हुा 
५.    दीपाश्री निरौला - छक्का पञ्जा
 
सर्वश्रेष्ठ निर्देशक
१.    हेमराज वि.सी. - गाजलु
२.   प्रचण्डमान श्रेष्ठ - लभ साशा
३.    मिलन चाम्स - वीर विक्रम
४.   रामबाबु गुरुङ्ग - पुरानो डुङ्गा
५.   निश्चल बस्नेत - लुट २
 
सर्वश्रेष्ठ फिल्म
१.छक्का पञ्जा
२.गाजलु
३.वीर विक्रम
४.लभ साशा
५.लुट २