मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऋचालाई पहिलो गाँस मै ढुङ्गा !

फिल्मीखबर, काठमाण्डौ, 2017/06/25
आफूले पाएको जुनसुकै भूमिकालाई पनि न्यायपूर्वक निर्वाह गर्न नायिका ऋचा शर्मा खप्पिस छिन् । 'टलकजंग भर्सेस टुल्के'मा साधारण गाउँकी यूवतीको भूमिका होस् वा फिल्म 'उमा'मा छापामार यूवतीको भूमिका नै किन नहोस् उनको सधै तारिफ नै भयो । फिल्म 'को आफ्नो'मा उनको भूमिकालाई पनि खुबै रुचाइएको थियो । अभिनय अब्बल भएपनि उनी अभिनित फिल्महरु भने खासै सफल छैनन् । 
 
लगातार आफू अभिनित फिल्महरु असफल हुँदा केही सुस्ताएकी ऋचाले पहिलो पटक फिल्म निर्माणमा हात हालिन् । नायिकाहरुले लगानी गरेका फिल्महरुले केही राम्रो व्यापार गरिरहेको देखेर पनि हुनसक्छ ऋचाको पनि फिल्म निर्माणमा इच्छा जाग्यो ।
 
उनले निर्माण र अभिनयको फिल्म 'आधा लभ' गएको महिना रिलिज भएको थियो । फिल्ममा फरक कथावस्तु उठाउने प्रयास गरिएको भएपनि दर्शकहरुले 'आधा लभ'लाई रुचाएनन् । फिल्म निर्माणमा सफल हुन्छु भन्ने ठूलो आश बोकेकी ऋचाको 'आधा लभ'ले नेपालबाट आधा पैसा पनि उठाएन । अर्थात्, उनले पहिलो गाँस मै ढुङ्गा चपाइन् । 
 
अब ऋचा विदेश प्रदर्शनबाट आफ्नो लगानी सुरक्षित गर्ने दौडमा छिन् । ऋचा अहिले फिल्म 'आधा लभ'को प्रदर्शनका लागि अष्ट्रेलियामा छिन् । पहिलो फिल्मले नै असफल निर्मात्री बनाएपछि के अब फेरि ऋचाले दोस्रो फिल्म निर्माण गर्ने जोखिम उठाउँलिन् ? वा अब अभिनयलाई नै निरन्तरता दिनेछिन् ? यो त उनले कोर्ने अगाडिको बाटोले नै तय गर्नेछ ।