मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

बक्सअफिसमा चम्केन सलमानको 'ट्यूबलाइट'

एजेन्सी, मुम्बई, 2017/06/25
बलीउडस्टार सलमान खान अभिनित फिल्म 'ट्यूबलाइट' अहिले प्रदर्शन भैरहेको छ । यसवर्षको प्रतिक्षित फिल्म मानिएको 'ट्यूबलाइट'लाई बक्सअफिसमा सुखद ओपनिङ भने मिलेन । प्रदर्शनको पहिलो दिन २१.१५ करोडको विजनेश गरेको 'ट्यूबलाइट'ले दोस्रो दिन २ लाखमात्र बढी आम्दानी गरेको छ । ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीट गर्दै जानकारी दिएका छन् कि 'ट्यूबलाइट'को आम्दानी दोस्रो दिन २१.१७ करोड रहेको छ । यसलाई सलमानको सबैभन्दा कमजोर ओपनिङ मानिएको छ । 
 
यसअघि सलमान खानको फिल्म 'एक था टाइगर'ले पहिलो दिन ३२.९३ करोड, 'किक'ले २६.४० करोड, 'बजरंगी भाईजान'ले २७.२५ करोड र 'सुल्तान'ले ३६.५४ करोडको विजनेश गरेका थिए । उत्कृष्ट समिक्षा पाउन चुकेपछि अहिले यसको असर फिल्मको विजनेशमाथी परेको छ । भारतमा फिल्मले ५० प्रतिशत सिटमात्र भर्न सकेको छ । आज आइतवार भारतमा सार्वजनिक विदा भएका कारण 'ट्यूबलाइट'ले पहिलो र दोस्रो दिनको तुलानामा केही उच्च व्यापार गर्ने अनुमान लगाइएको छ । 
 
यो फिल्म ५५ सय स्क्रिन्समा रिलिज भएको छ । 'ट्यूबलाइट' १९६२ को भारत-चाइना वारमा आधारित छ । फिल्ममा चाइनीज हिरोइन जू जूको पनि मुख्य भूमिका छ । फिल्ममा सलमानसँगै सोहेल खान र ओम पुरी पनि छन् । फिल्मलाई कबीर खानले निर्देशन गरेका हुन् ।