मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

पहिला आफ्नै 'झ्यानाकुटी' !

फिल्मीखबर, काठमाण्डौ, 2017/06/25
नायिका निशा अधिकारीले आफ्नो लगानीमा फिल्म 'झ्यानाकुटी' निर्माण गरेकी छिन् । भदौ ८ गतेलाई रिलिज डेट समेत लक गरिएको यो फिल्ममार्फत नायिका निशा पहिलो पटक निर्मात्रीको रुपमा भित्रिएकी हुन् । फिल्मभित्र नायिका वेनिशा हमाल र नायक सौगात मल्लको 'झ्यानाकुटी' गराएकी निशाले चाँडै रियल लाइफमै 'झ्यानाकुटी' गर्दैछिन् । भदौ ८ गते पर्दामा वेनिशा र सौगातको 'झ्यानाकुटी' गर्नुभन्दा अगाडि निशाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित ब्याट्सम्यान शरद भेषवाकरसँग 'झ्यानाकुटी' गर्न लागेकी हुन् । 
 
प्रेम र ब्रेकअपको हल्ला चलिरहँदा निशा र शरदको विवाह यही असार १६ गतेलाई तय गरिएको छ । केही दिन अगाडि फिल्मीखबर डटकमले 'शरदसँग निशा गर्दैछिन् बिहे ?' भन्ने शिर्षकमा एक समाचार प्रकाशन गरेको थियो । समाचारमा निशा र शरद असारको दोस्रो हप्ता विवाह गर्न लागेको बताइएको थियो । 
 
समाचारमा यो पनि उल्लेख गरिएको थियो कि नायिका निशालाई भेट गर्न शरद चितवनमा छायांकन भैरहेको 'पोखराकी कान्छी' को सुटिङ सेटमा पुगेका थिए । निशाले 'पोखराकी कान्छी' को बाँकी सुटिङ विवाहपछि गर्ने भन्दै काठमाडौं फर्किएको खबर छ ।
 
नायिका निशा अधिकारी गएको वर्ष आफू अभिनित फिल्म 'जय परशुराम' रिलिजताका अमेरिका पुग्दा शरदसँग ब्रेकअप भएको हल्ला चलेको थियो । शरद र निशालाई धेरै पटक हात समात्दै सिनेमा हेर्न हल पुगेको देखि होटलमा सँगै डिनर गरेका तश्वीरहरु यसअघि नै मिडियामा आइसकेका छन् । 
 
ब्रेकअपको हल्लापछि भने यी दुई एकसाथ मिडियाको क्यामेरामा कैद भएका थिएनन् । केही दिन अगाडि मात्र यो जोडी स्वामी आनन्द अरुणको जन्मदिनको अवसरमा ओशो तपोवन पनि पुगेका थिए ।