मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बलीउडमा डेब्यू गर्न प्रभासको दौडधुप

एजेन्सी, मुम्बई, 2017/06/24
'बाहुबली २' रिलिज भएपछि प्रभासको बलीउड डेब्यूलाई लिएर लामो समयदेखि अनेकौं खबरहरु बाहिर आइसकेका छन् । पहिला खबर आएको थियो कि करन जोहर या रोहित शेट्टीको फिल्मबाट प्रभास बलीउड फिल्ममा पाइला राख्दैछन् । भारतको एक लीडिङ डेलीका अनुसार, प्रभास र साजिद नाडियावालाले एक नयाँ फिल्मको शिलशिलामा केही गोप्य बैठक गरिसकेका छन् । 
 
प्रभास र साजिदको बीचमा अहिलेसम्म दुई मिटिङ भएको छ र यी दुईको प्रोजेक्ट्समाथि नै कुराकानी भएको भारतीय मिडियाले बताएका छन् । खबरका अनुसार, चाँडै यस विषयमा फाइनल हुनेछ ।  
 
साजिदले योभन्दा अगाडि टाइगर श्राफ, कृति सेननलाई पनि लञ्च गरिसकेका छन् । प्रभास अहिले आफ्नो नयाँ फिल्म 'साहो'को सुटिङमा व्यस्त छन् ।