मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कता हराए धीरेन शाक्य ?

मनिष अन्जान, काठमाण्डौ, 2017/06/24
एक समय नेपाली फिल्ममा नायक धीरेन शाक्यको राम्रो बोलबाल थियो । तर, केही वर्षयता उनी के गर्दैछन्, कहाँ छन् ? कसैलाई पत्तो समेत छैन् । काठमाडौंमा हुने केही सार्वजनिक कार्यक्रमहरुमा फाट्ट फुट्ट देखिएपनि धीरेन शाक्यलाई ठूलो पर्दामा नदेखिएको वर्षौ भैसकेको छ । एकसमय उनका फिल्महरुले नेपाली बजारमा राम्रै धुम मच्चाउँथे । क्रोध, जीवनदान, चिनो, सीमाना, देश परदेश, अजम्बरी माया, अर्जुन, ईन्साफ, जनम जनम लगायतका दजनौं हिट फिल्ममा उनले अभिनय गरेका छन् ।  
 
सयभन्दा बढी नेपाली फिल्ममा आफ्नो अभिनयको जादू छरेका धीरेनलाई एकसमय नायक राजेश हमालको प्रतिद्धन्द्धी मानिन्थ्यो । नायक राजेश हमालले एकलौटी आफ्नो वचश्र्व जमाइरहेको अवस्थामा नेपाली फिल्ममा धीरेन शाक्यको इन्ट्री भएको थियो । धीरेनको पहिलो फिल्म 'प्रेम' हो । यो फिल्म रिलिज भएपछि धीरेन शाक्यलाई राजेश हमालको विकल्पको रुपमा हेरिन थालियो । यसैबेला धिरेनले राजेश हमालको हातमा परेका दजनौं फिल्म हाफ्नो पक्षमा पारेको चर्चा छ । 
 
प्रतिस्पर्धाको बिचमा नै केही निर्माताले यि दुईलाई एकसाथ लिएर 'सिमाना', 'भीष्मप्रतिज्ञा' जस्ता फिल्म निर्माण गरे र यि फिल्मले व्यबसायिक सफलता पनि हासिल गरे । तर समयको क्रमसँगै राजेश हमालले धीरेनलाई पछाडि छोड्दै गए ।
 
धीरेनले अभिनय गरेको पछिल्लो फिल्म 'धर्मयुद्ध' हो । राम्रो अभिनयका साथै फिटनेशका कारण पनि चर्चामा रहेका धीरेन आफ्ना धेरै समकक्षी कलाकारहरु पलायन भएपनि उनले भने नेपाल छाड्न सकेका छैनन् । उनले केही वर्ष अगाडि आफ्नै लगानीमा एक नेपाली फिल्म निर्माण गर्ने पनि बताएका थिए तर उनको यो सपना अहिलेसम्म पूरा भने हुन सकेको छैन् । 
 
जाउलाखेलमा जिमखाना समेत सञ्चालन समेत गर्दै आइरहेका धीरेनको एक होटल र एउटा फिल्म प्रोडक्शन कम्पनी छ । दुई छोरीका पिता समेत रहेका धीरेनको फिल्ममा फेरि कमब्याक होला वा नहोला ? अहिले दर्शकहरुको मनमा यही प्रश्न उब्जिरहेको छ । अब यो त धिरेनले अगाडि बढाउने आफ्नो यात्राबाट नै यसको तय हुनेछ कि उनको कमब्याक फेरि नेपाली फिल्ममा हुन्छ वा हुँदैन ।