मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अर्पण थापा : अभिनयमा हिट, निर्देशनमा फ्लप

फिल्मीखबर, काठमाण्डौ, 2017/06/24
नायक अर्पण थापा भर्सटायल अभिनेताको रुपमा परिचित छन् । जुनसुकै भूमिका पनि उनी न्यायपूर्वक निर्वाहा गर्न माहिर छन् । गएको वर्ष रिलिज भएको 'वीर विक्रम' र 'लप्पन छप्पन'मा उनले गरेको अभिनयको चर्चा खबै भएको थियो । अभिनयमा सधै हिट र फिट अर्पण कलाकार मात्र होइनन् उनी निर्माता र निर्देशक पनि हुन् । 
 
उनले दुई फिल्म निर्देशन गरिसकेका छन् । वर्ष २०७१ मा रिलिज भएको फिल्म 'मुखौटा' अर्पणले निर्देशन गरेका थिए । बजारमा फिल्मको राम्रो हाइप भएपनि हलमा दर्शकको खडेरी लाग्यो । अभिनयमा राम्रो जम्दा-जम्दै फिल्म निर्देशनमा हात हालेका अर्पणले पहिलो गाँसमा नै ढुंगा चपाए । त्यसपछि उनी निर्देशनभन्दा अभिनयतर्फ नै केन्द्रित भए । तर, फिल्म निर्देशन गर्ने भूतले भने उनलाई छाडेको थिएन । यसैक्रममा उनले दोस्रो फिल्म निर्देशन गरे ,'आधा लभ' । 'आधा लभ'लाई ऋचा शर्माले निर्माण गरिन् र निर्देशन गरे अर्पणले । ऋचालाई लगानीमा अर्पणले पनि सहयोग गरेका थिए । 
 
यो फिल्म गएको महिना रिलिज भयो तर फेरि अर्पणले आफूलाई फ्लप निर्देशकको सूचीमा नै उभ्याए । समिक्षकहरुबाट राम्रै प्रतिक्रिया बटुलेपनि दर्शकहरुलाई 'आधा लभ'ले हलमा बाँध्न सकेन । पहिलो पटक फिल्ममा लगानी गरेकी नायिका ऋचा पनि असफल सावित भईन् भने अर्पण दोस्रो पटक असफल निर्देशक ठहरिए । 
 
अहिले अर्पण र ऋचा फिल्म 'आधा लभ' को प्रदर्शनका लागि अष्ट्रेलियामा छन् । के अब फेरि अर्पणले तेस्रो फिल्म निर्देशन गर्ने आँट जुटाउलान ? वा अब अभिनयलाई निरन्तरता दिनेछन् ? यो त भोलीका दिनले नै बताउनेछ ।