मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्तो फिल्म हो 'ट्यूबलाइट' ?

एजेन्सी, मुम्बई, 2017/06/24
कबीर खान र सलमान खानको जोडी जहिले बक्स अफिसमा आउँछ तब गजबले छाउने गर्छ । चाहे त्यो 'एक था टाइगर' होस् वा 'बजरंगी भाईजान' । यस्तै 'ट्यूबलाइट'मा पनि कबीरले यो डेडली कम्बिनेशनलाई क्यास गर्ने कोशिश गरेका छन् । कबीर खानले गएको केही समयदेखि सलमानलाई फरक भूमिकामा ढाल्दै एक आम मानिस बनाएर पेश गरिरहेका छन् । 
 
के हो 'ट्यूबलाइट'को कहानी ? 
'ट्यूबलाइट'को कहानी दुई भाईबीचको हो । रियल लाइफमा मात्र होइन सलमान खान र सोहेल खान फिल्ममा पनि दाजु-भाईको भूमिकामा छन् । सलमानको आइक्यू लेभल निकै कम हुन्छ । उनको बत्ति निकै ढिलो गरि बोल्छ । यस्तैमा सोहेल सेनामा भर्ती हुन्छन् । त्यसपछि भारत-चीनको युद्ध सुरु हुन्छ । फिल्मको पूरै कहानी यसकै वरिपरि घुमेको छ । 
 
सेकेन्ड हाफ छ निकै इमोश्नल
पहिलो हाफले हलमा दर्शक बाँध्छ भने सेकेन्ड हाफ निकै इमोश्नल छ । सोहेल र सलमानको ब्रोमान्स राम्रो छ । सलमान फेरि सन्देश दिइरहेका छन् । फिल्मको म्यूजिक उत्कृष्ट छ । स्टोरीलाइन भने छरपस्ट देखिन्छ । फिल्म जर्बजस्ती तानिएको छ । 'ट्यूबलाइट' केही हदसम्म 'बजरंगी भाईजान'को नै एक्सटेन्शन लाग्छ । 
 
मननपर्न सक्छ 'ट्यूबलाइट'
लगातार यो दोस्रो ईद हो सलमान खान आफ्नो फ्यानको आँखा रसाउने कोशिश गर्दैछन् । यस्तैमा सलमानका हार्डकोर फ्यान्सलाई विस्तारै बल्ने यो 'ट्यूबलाइट'ले दिक्क बनाउन सक्छ किनकी उनका फ्यानलाई त 'लार्जर द्यान लाइफ' सलमान मनपर्छ । 
 
सलमानको भूमिका दमदार
सलमानले फिल्ममा निकै मायालाग्दो भूमिका निर्वाहा गरेका छन् । उनको अभिनयमा कुनै खोट दिने ठाउँ छैन् । सलमानको अलग-अलग तरिकाको भूमिका निर्वाहा गर्ने कोशिश तारिफयोग्य छ । चाइनीज ऐक्ट्रेस झू झू र अरुणाचल प्रदेशका माटिन रे फिल्ममा चाइनीज कनेक्शन देखाउनका लागि उपस्थित छन् । झू झू निकै आकर्षक देखिन्छिन् भने माटिनको अभिनयले मन छुन्छ । 
 
त्यसो त सलमान खानको यो भनाई छ कि उनको फिल्म रिव्यू प्रूफ हुन्छ, यस्तोमा सायद उनलाई यो कुराले खासै फरक पार्दैन कि समीक्षक फिल्मको विषयमा के भन्छन् । तर, हाम्रो नजर यो कुरामा रहनेछ कि सलमान कमाईको मामलामा कतिसम्म अगाडि जानेछन् ।