मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

सौगात र निखिलको 'संरक्षण' ट्रेलर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/06/23
नायक द्धय सौगात मल्ल र निखिल उप्रेती स्टारर फिल्म 'संरक्षण'को ट्रेलर रिलिज भएको छ । यसअघि साउन १३ गतेलाई रिलिज फाइनल गरिएको 'संरक्षण'ले साउन २७ गतेलाई नयाँ रिलिज डेट घोषणा गर्दै ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरले मधेशको कथा बोल्छ । मधेशमा खटिएका प्रहरी र त्यहाँका राजनीतिक दलका नेताहरु बीचको भिडन्त ट्रेलरमा देख्न सकिन्छ । निखिल र सौगात दुवै प्रहरीको भूमिकामा छन् । 
 
पूर्णेन्द्रकुमार झाले निर्देशन गरेको फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ । फिल्मलाई प्रदिपकुमार उदय र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
 
फिल्ममा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ । राजनीति, क्राइम, पत्रकारिता, राजनीतिज्ञ लगायतको कथालाई एकसाथ यो फिल्ममा उतारिएको छ ।
 
साउन १३ गते 'प्रेमगीत २' सँगै निखिल उप्रेती अभिनित अर्को फिल्म 'रद्र'पनि रिलिज हुने भएपछि 'संरक्षण'को रिलिज सारिएको खबर छ । अब साउन २७ गते यो फिल्मले बलीउडस्टार अक्षय कुमार अभिनित फिल्म 'ट्वाइलेट : एक प्रेमकथा'सँग नेपालका मल्टिप्लेक्स हलहरुमा भिडन्त गर्नेछ । साउन १३ गतेबाट 'संरक्षण'ले हात झिकेपछि यो मितिमा रिलिज हुन लागेका दुई फिल्मलाई भने ठूलो राहत मिलेको छ ।