मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'रुद्र प्रिया'को आधा बजेट एउटा गीतमा खर्च

फिल्मीखबर, काठमाण्डौ, 2017/06/23
यस वर्षको कात्तिकमा ठूला नेपाली फिल्म एकआपसमा भिड्दै छन् । कात्तिक १ गते रमेश उप्रेतीको निर्माण र अभिनय रहेको फिल्म 'ऐश्वर्य', कात्तिक २ गते रेखा थापा र आर्यन सिग्देल अभिनित फिल्म 'रुद्र प्रिया' र कात्तिक ३ गते अनमोल केसी स्टारर फिल्म 'कृ' । एकदिनको अन्तरमा तीन ठूला फिल्म रिलिज हुन लागेका कारण पनि यस वर्षको कात्तिकलाई नेपाली फिल्मको सबैभन्दा ठूलो भिडन्तको रुपमा हरिएको छ । हाल ऐश्वर्यको डविङ चलिरहेको छ भने 'रुद्र प्रिया' र 'कृ'को छायांकन भैरहेको छ । 
 
आज हामी कुरा गर्दैछौं रेखा थापा र आर्यन सिग्देल अभिनित फिल्म 'रुद्र प्रिया'को । यो फिल्मको अहिले बन्दीपुरमा छायांकन भैरहेको छ । बन्दीपुरमा नै महंगो सेट लगाएर 'रुद्र प्रिया'को एक गीत खिच्ने काम भैरहेको रेखाले बताइन् । 'फिल्मीखबर डटकम'सँग कुराकानी गर्दै उनले भनिन्, 'करीब १५ दिन त सेट तयार पार्न नै लाग्यो । ५ दिनदेखि अहिले गीत खिचिरहेका छौं । सय जनाभन्दा बढी कोरस छन् । आज र भोलीसम्ममा गीतको सुटिङ सक्ने लक्ष्य छ ।' 
 
उनले 'रुद्र प्रिया'को आधा बजेट नै एक गीतमा खर्च गरेको बताइन् । उनका अनुसार, यो गीत खिच्नका लागि ३० लाखको आसपासमा बजेट छुट्याइएको छ । गीत खिच्न तयार पारिएको सेट बत्ति नै बत्तिले सजाइएको छ ।  राजनराज सिवाकोटीको संगीत रहेको गीतमा रेखा र आर्यन सिग्देल फिचरिङ छन् । कोरियोग्राफी प्रविण सिंहको छ । 'कत्ति राम्री क्या राम्री' बोलको गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ । 
 
 
बन्दीपुरपछि पोखराको सुटिङ सकेर 'रुद्र प्रिया' टोली काठण्माडौं फर्किनेछ । राजधानी र काभ्रेको केही दिनको कामपछि फिल्मको सम्पूर्ण छायांकन सकिने रेखाको भनाई छ । सुदीप बबी भूपाल सिंहको निर्देशन रहेको फिल्मलाई संजय लामाले खिचिरहेका छन् । 'रुद्र प्रिया'मा सरस्वती थापा र रमेश एमके पौडेल निर्माताको रुपमा रहेका छन् ।