मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

१८ विधामा 'नेम्पा फिल्म अवार्ड'

फिल्मीखबर, काठमाण्डौ, 2017/06/23
नेपाल चलचित्र संघले डिएबिएस इन्टरटेन्टमेन्ट डलास अमेरिकासँगको सहकार्यमा आयोजना गर्न लागेको 'नेम्पा फिल्म अवार्ड २०१७' १८ विधामा वितरण गरिने भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै 'नेम्पा फिल्म अवार्ड २०१७' १८ विधामा वितरण गर्न लागेको जानकारी दिइयो । यही २०१७ सेप्टेम्बर २ तारिखको दिन अमेरिकाको डलासमा 'नेम्पा फिल्म अवार्ड २०१७' आयोजना हुँदैछ । 
 
चलचित्र निर्देशक, नायक, नायिका, सह-नायक, सह-नायिका, नव-नायक, नव-नायिका, खलपात्र, हास्य कलाकार, गीतकार, गायक, गायिका, संगीतकार, सम्पादक, लेखक, छाँयाकार र नृत्य निर्देशक गरि १८ विधामा अवार्ड वितरण गरिने नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप उदयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 
 
अध्यक्ष प्रदीप उदयका अनुसार, अवार्ड समारोहमा नेपाली चलचित्र क्षेत्रमा महत्वपूर्ण योगदान पुराउने एक जना विशिष्ट व्यक्तित्वलाई लाइफ टाइम एचिभ्मेन्ट अवार्डबाट सम्मानित गरिनेछ । 
 
'नेप्मा फिल्म अवार्ड'मा भिड्न ४४ नेपाली फिल्म दर्ता भएका छन् । आषाढ ११ गतेदेखि ३ सदस्यीय जुरीले फिल्महरुको मूल्यांकनको लागि अवलोकन गरेपछि उत्कृष्ट तीन मनोनयन सार्वजनिक गरिने अध्यक्ष उदयले कार्यक्रममा जानकारी दिए ।