मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मोदी बन्ने भए अक्षय कुमार

एजेन्सी, मुम्बई, 2017/06/23
अभिनेता अक्षय कुमार फरक-फरक अभिनय गर्ने बलीउड नायक हुन् । अब उनले सिल्भर स्क्रिनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिका निर्वाह गर्ने भएका छन् । अक्षय कुमारको नयाँ फिल्म 'ट्वाइलेट : एक प्रेमकथा'लाई लिएर प्रधानमन्त्रीले उनको तारिफ गरेका छन् । अक्षय कुमारलाई पीएम मोदीमाथि बन्न लागेको फिल्मका लागि पनि फाइनल गरिएको छ । 
 
यसभन्दा अगाडि चर्चा थियो कि फिल्ममा प्रधानमन्त्रीको भूमिका परेश रावल वा अनुपम खेरले निभाउन सक्नेछन् । यो रोलका लागि विक्टर बनर्जीको नाम पनि अगाडि आएको थियो तर अब यी सबै अडकलमाथि पूर्ण विराम लागेको छ ।  
 
शत्रुघ्न सिन्हाले भनेका छन्, 'अक्षय कुमार भारतका मिस्टर क्लिन हुन् । उनको छवि भारतको नयाँ प्रतिभावान व्यक्तिहरुसँग मेल खान्छ ।' त्यस्तै, सेन्सर बोर्डका अध्यक्ष पहलाज निहलानीले भने, 'म अक्षयका अलावा कोहिँ अरुको बारेमा सोच्न सक्दिन् जसले प्रधानमन्त्रीको भूमिका न्यायपूर्वक निर्वाहा गर्न सकोस् ।'