मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

म सधै स्पाइडर म्यान बन्न चाहन्थें : टाइगर श्राफ

एजेन्सी, मुम्बई, 2017/06/22
‘स्पाइडर म्यान : होमकमिङ’ को हिन्दी भर्जनमा स्पाइडर म्यानको आवाज दिएका अभिनेता टाइगर श्राफले भनेका छिन् कि उनी सधै नै स्पाइडर म्यानको भूमिका निर्वाहा गर्न चाहन्थे । 
 
टाइगरले भने, “म आफ्नो बाल्यकालको सुपरहीरो स्पाइडर म्यानको हिन्दी भर्जनमा आवाज भरेर कति धेरै खुशी छु भनेर व्यक्त गर्न सक्दिन । म यतिमात्र भन्न सक्छु कि म सधै नै सुपरहीरोको भूमिका निर्वाहा गर्न चाहन्थें ।”
 
टाइगर श्राफले मंगलवार सोसल मिडियामा यो फिल्मको घोषणा गरेका हुन् । सोनी पिक्चर्स इन्टरटेनमेन्टले भारतमा यो फिल्म सात जुलाईमा अंग्रेजी, हिन्दी, तमिल र तेलुगू मा रिलिज गर्दैछ । टाइगरले भने, 'आश छ हिन्दीमा स्पाइडर म्यानको रुपमा मेरो आवाजलाई पनि मनपराउनु हुनेछ ।' 
 
टाइगरलाई यो भूमिकाका लागि चुनिएको विषयमा सोनी पिक्चर्स इन्टरटेनमेन्टका एम डी विवेक कृष्णानीले भने, “टाइगर मात्र युवा आइकन होइनन्, पारिवारिक दर्शकहरुका आकर्षण पनि हुन् ।”