Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कुटुमा कुटु’लाई ५० लाख भ्यूज

फिल्मीखबर, काठमाण्डौ, 2017/06/21
अहिले नेपाली फिल्मका गीत-संगीतहरुले युट्युबमा लाखबढी भ्यूअर्स पाउनु भनेको सामान्य हो । केही फिल्मका गीतहरुले त युट्युबमा करोड बढी भ्यूज समेत पाइसकेका छन् । 'वडा नम्बर ६' को 'सुर्के थैली खै', 'छक्का पन्जा'को 'पूर्व पश्चिम रेल', 'लुट २' को 'ठमेल बजार', 'पर्व'को 'काले दाई'देखि गायक हेमन्त रानाको स्वरमा रहेको 'सुन साइँली' बोलको गीतको भिडियोलाई युट्युबमा करोडभन्दा बढी पटक हेरिएको छ ।
 
यस्तैमा यस वर्षको हिट गीतको सूचीमा फिल्म 'दुई रुपैयाँ'को 'कुटुमा कुटु' बोलकोे गीत पनि दर्ता भएको छ । लोकलयको यो गीत अहिले सांस्कृति कार्यक्रमदेखि सार्वजनिक सवारीसाधन, चिया पसल जताततै मज्जैले धन्किरहेको छ । 
 
युट्युबमा सार्वजनिक गरिएको ३ हप्तामा यो गीतले ५० लाख बढी भ्यूज पाएको छ । गीतमा ४० हजार बढी लाइक छ भने २५ सय बढी डिसलाइक छ । युट्युबमा ३ हप्तामा ५० लाख बढी भ्यूज पाउने नेपाली फिल्मको यो पहिलो गीत हो । 
 
विश्व संगीत दिवसका दिन 'कुटुमा कुटु' बोलको गीतले युट्युबमा ५० लाख बढी भ्यूअर्स पाएपछि अब भदौ २३ गते हलमा पनि दर्शकहरुको साथ उतिक्कै पाउनेमा निर्माणपक्ष विश्वस्त छ । 
 
राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको यो गीतमा मेलिना राई, राजन इशान र संगीतकार सिवाकोटीको नै स्वर समावेश छ ।  गीतमा निर्देशक निश्चल बस्नेत, कलाकार आसिफ शाह र नायिका स्वस्तिमा खड्काले नृत्य गरेका छन् । कमेडी कथामा निर्माण भएको यो फिल्मलाई असिम शाहले निर्देशन गरेका हुन् । 

Most Visited News (monthly)