मिति : २०८१ वैशाख ५, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बन्यो रुपचन्द्र बिष्टको जीवनीमाथि फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2017/06/21
थाहा अभियन्ता तथा राजनीतिज्ञ रुपचन्द्र बिष्टको जीवनीमा आधारित भएर निर्माण भएको फिल्म ‘रुदाने : बिद्रोहको नेपाली नाम’को फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । विष्टको १८ औं स्मृति दिवसको अवसर पारेर बुधबार फिल्मको फष्टलुक सार्वजनिक गरेको हो । 
 
सार्वजनिक एक पोष्टरमा रुपचन्द्रको भुमिका निर्वाह गरेका अभिनेता दिब्यदेब अभियान प्रचार गर्दै गरेको अवस्थामा देखिएका छन् भने अर्को पोष्टरमा अभिनयानको बिभिन्न झल्को दिने खालको सिम्बोलिक रहेको छ ।
 
अमित किसोर सुवेदी र विकाश ढकालको संयुक्त लेखन निर्देशन रहेको फिल्ममा रुपचन्द्रको जीवन संघर्ष र थाहादर्शनका महत्वपुर्ण पाटाहरु समेटिएको बताइएको छ । यो फिल्म दावनल क्रियसनले थाहा यात्रासँगको सहकार्यमा निर्माण गरेको हो । यसका निर्माता जागृत रायमाझी हुन् ।
 
फिल्ममा रुपचन्द्र विष्टको भूमिका अभिनेता दिब्यदेबले निर्वाह गरेका छन् भने 'गाँठो' नायिका नम्रता श्रेष्ठको पनि मुख्य भूमिका छ । त्यस्तै, रवि गिरि, सुभाष गजुरेल, अमर सुवेदी लगायतका सय भन्दा बढि कलाकारको समेत फिल्ममा अभिनय छ । यो फिल्मको रिलिज डेट भने लक गरिएको छैन् ।