मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

के छ 'सायद २' मा ?

फिल्मीखबर, काठमाण्डौ, 2017/06/21
२०६९ साल बैशाख २९ गते प्रदर्शनमा आएको फिल्म 'सायद'को नेम सिक्वेल 'सायद २' असार ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ । यसको पहिलो भागलाई युवापुस्ताका दर्शकहरुले निकै रुचाएका थिए । दुर्गिश फिल्मसको ब्यानरमा सुनिल रावलले निर्माण गरेको फिल्म 'सायद २' लाई पनि दर्शकहरुले रुचाउनेमा निर्माणपक्ष विश्वस्त देखिएको छ । 
 
पुष्पराज न्यौपानेले निर्देशन गरेको फिल्म 'सायद २' 'सायद'को सिक्वेल हो ? फिल्मीखबर डटकमसँगको कुराकानीको क्रममा निर्माता रावल भन्छन्, 'होइन, हामीले नाम मात्र लिएका हौं 'सायद २' को कथावस्तु 'सायद'भन्दा विल्कुलै फरक छ । 'सायद'मा यूवाहरु ड्रग्सको कुलतमा फस्दा आइपर्ने समस्याहरुलाई देखाएका थियौं भने 'सायद २' प्रेमकथामा आधारित छ ।' उनले अगाडि थपे, 'प्रेम पनि ड्रग्स जस्तै हो । यो विशुद्ध टिनेज लभस्टोरी बिषयमा छ ।' 
 
'सायद'का दर्शक 'सायद २' हेर्न फेरि हलसम्म पुग्छन् ? हाम्रो प्रश्नको उत्तर दिँदै निर्माता रावल भन्छन्, 'अवश्य पनि आउनेछन् । किनभने 'सायद'का दर्शकहरु 'होस्टेल' र 'होस्टेल रिर्टन्स' हेर्न पनि आएका थिए । त्यो सम्पूर्ण दर्शकहरु फेरि 'सायद २' हेर्न हलसम्म आउनेछन् ।' उनले युवापुस्तालाई लक्षित गर्दै फरक कथावस्तुमा 'सायद २' निर्माण गरेको बताए । 
 
उनले भने, 'हामीले कि हलीउड फिल्म 'अवतार' जस्तो बनाउन सक्नु पर्‍यो, जो मान्छेको कल्पना भन्दा पनि बाहिरको कुरा ल्याएर जोड्न सक्नुपर्छ । मेरो धारणा चाहिँ के हो भने कि त्यस्तो फिल्म बनाउन सक्नुपर्‍यो नभए हाम्रो जीवनमा घटेको घटनाहरु, समाजमा सुनेका र देखेका कुराहरु देखाउन सक्यौं भने मानिसहरु त्यसलाई आफ्नै कथा मान्छन् । 'सायद २' मा हामी सबैको जीवनमा घटेको घटनालाई देखाउन खोजेका छौं ।'
 
फिल्ममा सुशील श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे तथा निर्माता सुनिल रावलको समेत अभिनय छ । फिल्ममा सुनिलसँग ईश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माणमा सहकार्य गरेका छन् । हेमदेव गौतम र कृष्ण प्रधान पनि सह–निर्माताको रुपमा छन् ।