मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लियोनार्डो डिकेप्रियोले फर्काए ओस्कार अवार्ड

फिल्मीखबर, काठमाण्डौ, 2017/06/21
हलीउड अभिनेता लियोनार्डो डिकेप्रियोले आफ्नो ओस्कर अवार्ड फर्काइदिएका छन् । यो वर्ष उनलाई फिल्म ‘द रेवेनन्ट’ मा उत्कृष्ट अभिनयका लागि ओस्कार अवार्ड मिलेको थियो । तर, उनले जून ओस्कार अवार्ड फर्काएका छन् त्यो यस वर्ष मिलेको होइन । उनले अहिलेसम्म एक मात्र ओस्कार अवार्ड जितेका छन् । उनले जून ओस्कार अवार्ड फर्काएका छन्, त्यो उनले उपहार स्वरुप फर्काएका हुन् । 
 
उनले फर्काएको ओस्कार अवार्ड १९९५ मा फिल्म ‘अन द वाटर फ्रन्ट’ का लागि मार्लो ब्रान्डोलाई दिइएको थियो । यो अवार्डलाई प्रोडक्शन कम्पनी रेड ग्रेनाइट पिक्चर्सले लियोनार्डोलाई गिफ्ट गरेको थियो । अहिले यो कम्पनी मलेशियामा भ्रष्टाचार र मनी लान्डरिङ मामलामा रेड ग्रेनाइट कम्पनीको घेरामा छ । कम्पनीले उनलाई ३.२ मिलियन डलरको एक पिकासो पेन्टिङ पनि गिफ्ट गरेको थियो ।