मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखासँग फिल्म खेल्दा आर्यनसँग म किन रिसाउनु ? : निर्देशक राउत

फिल्मीखबर, काठमाण्डौ, 2017/06/21
नायक आर्यन सिग्देल र निर्देशक दिनेश राउतको सम्बन्धको विषयमा हामीले धेरै कुरा तपाईहरुलाई बताइरहनु नपर्ला । 'नोभेम्बर रेन', 'क्लासिक' लगायतका फिल्ममा आर्यनले निर्देशक राउतको निर्देशनमा काम गरे, जून फिल्मले बक्स अफिसमा राम्रै धमका मच्चाएको थियो । एकपछि अर्को फिल्मले व्यावसायिक सफलता हात पार्न थालेपछि निर्देशक राउत र आर्यनले एक फिल्म निर्माण गर्ने कम्मर कसे । आर्यनको होम प्रोडक्शनको ब्यानरमा निर्देशक राउतले निर्देशन गर्ने गरि फिल्म 'टकिला सनराइज' निर्माण गर्ने लगभग फाइनल भएको थियो । 
 
तर, केही हप्ता अगाडि एउटा खबर निकै भाइरल भयो आर्यन र निर्देशक राउतको सम्बन्ध अहिले पानीबाराबार छ । 'टकिला सनराइज'को स्क्रिप्ट चित्त नबुझेपछि आर्यनले उक्त फिल्म आफ्नो ब्यानरबाट नबनाउने बताएपछि निर्देशक राउतसँग उनको सम्बन्ध विग्रिएको खबर छ । अर्को खबर यो पनि छ कि ७ वर्षसम्म अनुहार पनि हेर्न नचाहेका आर्यनले नायिका रेखा थापासँग फिल्म 'रद्र प्रिया' गरेपछि निर्देशक राउत रुष्ट थिए । के यी सबै कुराहरु सत्य हुन् ? 
 
'फिल्मखबर डटकम'सँगको कुराकानीको क्रममा निर्देशक राउत भन्छन्, 'आर्यन र म पुरानो साथी हौं । हाम्रो सम्बन्ध पहिला जस्तो थियो अहिले पनि त्यस्तै छ । हो, 'टकिला सनराइज' आर्यनको ब्यानरमा मैले निर्देशन गर्ने कुरा थियो । तर, के हुन्छ भने मैले एउटा कुरा सोचिरहेको हुन्छु र उसले अर्को सोचिरहेको हुन्छ । त्यही सोच नमिलेका कारण मात्र फिल्मको काम अगाडि बढ्न नसकेको हो ।' 
 
उनले अगाडि थप्दै भने, 'फिल्मको स्क्रिप्टको काम भैरहेको थियो । हामीबीचमा स्क्रिप्ट चित्त नबुझेसम्म फिल्मको काम अगाडि नबढाउने कुरा भयो अनि 'टकिला सनराइज'को काम ढिला हुन गएको हो ।' 
 
'टकिला सनराइज' अब नम्रता श्रेष्ठको ब्यानरबाट बन्न लागेको हो ? भन्ने हाम्रो प्रश्नको उत्तर दिँदै राउत अगाडि भन्छन्, 'त्यो पनि केही फाइनल भएको छैन् । अहिले आधिकारीक कुराकानी केही भएको छैन् । यो फिल्म अहिले त्यतिक्कै रोकिएको छ ।' 
 
रेखासँग फिल्म खेलेपछि तपाई आर्यनदेखि रुष्ट हुनुहुन्थ्यो रे नी ? फेरि हाम्रो प्रश्नको उत्तरमा निर्देशक राउत भन्छन्, 'रेखासँग फिल्म खेल्दा म चाहिँ किन उसँग रुष्ट हुनु ? त्यो त उसको कुरा हो । उ कलाकार हो उसलाई फिल्म खेल्न पाउने अधिकार छ । आर्यनले रेखासँग फिल्म खेल्यो भनेर म रिसाएको भन्ने कुरा गलत हो ।' उनले फेरि आर्यनसँग सम्बन्ध नविग्रिएको प्रस्ट्याउँदै थपे, 'ढिला चाँडो मात्र हो आर्यन र म फेरि सँगै काम गर्नेछौं ।'