मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

चलेन सुशान्त र कृतिको ‘राब्ता’, कारण जान्नुहोस् !

एजेन्सी, मुम्बई, 2017/06/19
बलीउड अभिनेता सुशान्त सिंह राजपूत र कृति सेननको रोमान्टिक थ्रिलर फिल्म ‘राब्ता’लाई धेरैले उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेका थिए । तर, जब फिल्मको ट्रेलर रिलिज भयो त्यसले दर्शकहरुमा खासै उत्सुकता जगाउन सकेन जसको असर फिल्मको ओपनिङमा पर्‍यो । 
 
प्रदर्शनमा आएपछि फिल्म न त आम दर्शकलाई मन पर्यो न त समिक्षकलाई नै । त्यसै कारण फिल्म बक्स अफिसमा उठ्नै नसक्ने गरि पछारियो र यस वर्षकै सबैभन्दा सुपरफ्लप मानिएको फिल्म ‘रंगुन’लाई पनि ‘राब्ता’ले माथ दिएको छ ।
 
पहिलो हप्ताको कलेक्सन
फिल्ममा सप्ताहमा लगभग १९ करोड भारतीय रुपैंयाको कलेक्सन गर्यो । कुनै पनि दिन फिल्मको कलेक्सन यस्तो थिएन कि जसलाई देखेर वितरक र प्रदर्शकले खुशीको मुस्कान छर्न सकेनन् । 
 
यहाँसम्म कि आइतवार पनि फिल्मको कलेक्सन धेरै कम भयो । दोस्रो सप्ताहमा धेरै जसो सिनेमा घरहरुबाट फिल्म हट्यो किनभने यस फिल्मले दर्शन नै पाएन । ठूला शहरका नामी मल्टिप्लेक्समा पनि यो फिल्म दुई वा तीन शोमा समेटियो । यस्तोमा दोस्रो हप्तामा पनि फिल्मको कलेक्सन धेरै कम हुने अनुमान गरिएको छ ।
  
महंगो फिल्म धेरै नोक्सान
राब्ताको बजेट ५० करोड भारतीय रुपैंया रहेको बताइएको छ, जसमा फिल्मले १५ करोड भारु विभिन्न राइट्सहरु बेचेर कमाएको छ । फिल्मलाई सुरक्षित रहनको लागि मात्रै पनि बक्स अफिसमा ७० करोड भारुको कलेक्सन गर्नु जरुरी थियो तर फिल्मको लाइफटाइम कलेक्सन नै २३ करोड भारुको आसपास हुने देखिएको छ ।
 
अर्थात, निर्मातालाई यो फिल्मबाट लगभग २५ करोड भारु घाटा हुनेछ । फिल्म फ्लप हुनुको दोष फिल्मको बजेटलाई पनि जान्छ । खासमा सुशान्त सिंह राजपुत जत्तिको मध्यम अभिनेतालाई लिएर यति महंगो फिल्म बनाउन अत्यन्त जोखिमयुक्त फैसला थियो र त्यसको नतिजा सबैको अगाडि प्रष्टरुपमा देखिएको छ ।
 
सुशान्त सिंह राजपूत र कृति सेननलाई ठूलो झट्का
सुशान्त सिंह राजपूतको पछिल्लो फिल्म ‘एमएस धोनी– द अनटोल्ड’ स्टोरीले सय करोड भन्दा बढी कलेक्सन गर्न सफल भयो तर यसलाई धोनीको लोकप्रियताको कमाल मानिएको छ । 
 
‘राब्ता’ जसरी फ्लप भयो त्यसले ति निर्माताहरुलाई ठूलो पिर परेको छ जसले सुशान्तलाई लिएर फिल्म बनाइरहेका छन् । ‘हिरोपन्थी’ पछि कृतिले पनि कमाल देखाउन सकेकी थिइनन् र अहिले ‘राब्ता’को असफलता पछि उनलाई पनि ठूलो झट्का लागेको छ ।