मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

'प्रेमगीत २' को ट्रेलर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/06/19
यस वर्षको प्रतिक्षित फिल्म 'प्रेमगीत २' को ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले फिल्मका नायक प्रदीप खड्का उर्फ 'प्रेम' र अश्लेषा ठकुरी उर्फ 'गीत'बीचको प्रेमकथा बोल्छ । गीतलाई पाउन प्रेमले गर्ने संघर्षलाई सार्वजनिक ट्रेलरमा देखाइएको छ । फिल्मको लोकेशनले भने आँखा शितल पार्छ । 
 
रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्म्सको ब्यानरमा बनेको हो। वर्ष २०७२ मा प्रदर्शनमा आएको हिट फिल्म 'प्रेमगीत'को सिक्वेल 'प्रेमगीत २' मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ । 
 
फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ । फिल्ममा नेपालका 'प्रेम' र म्यान्मारकी नेपाली यूवती 'गीत' बीचको प्रेम र उनीको जीवनमा आउने अनेकौं 'सुख दुःख'को पाटोलाई पर्दामा उतार्न खोजिएको निर्देशक पाठकले बताए । फिल्मको कथा निर्देशक पाठक आफैले लेखेका हुन् । यो फिल्म साउन १३ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ । 
 
ट्रेलर रिलिज कार्यक्रममा बोल्दै नायक प्रदीप खड्काले 'प्रेमगीत २' का लागि आफूले निकै मिहिनेत गरेको बताए । उनले भने, 'प्रेमगीत २ गर्नुभन्दा अगाडि यस्तो दुःख पनि गर्नुपर्छ भन्ने लागेको थिएन तर काम गर्दै गएपछि निकै मिहिनेत गर्नु पर्‍यो । 'प्रेमगीत २' गर्नुभन्दा अगाडि यस्तो दु:ख हुन्छ भन्ने थाहा पाएको भए यो मबाट हुँदैन थियो होला ।'
 
यस्तै, नायिका अश्लेषा ठकुरीले 'प्रेमगीत २' आफ्नो डेब्यू फिल्म भएपनि राम्रो काम गर्ने प्रयास गरेको बताइन् । फिल्ममा उनी म्यान्मारबाट नेपाल घुम्नका लागि आएकी हुन्छिन् र यस्तैमा उनी प्रदीप खड्का उर्फ 'प्रेम'को मायाजालमा पर्छिन् । फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।