मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

आयुष्मान र प्रियंकाकी आमाको बोलचाल बन्द ?

मनिष अन्जान, काठमाण्डौ, 2017/06/19
अहिले नेपाली सिनेनगरि नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज श्रेष्ठको प्रेम सम्बन्धको चर्चाले गर्माएको छ । गएको शनिवार राजधानीमा आयोजित एनएफडिसी चलचित्र पुरस्कार कार्यक्रममा अवार्ड पाएको खुशी साट्न आयुष्मान र प्रियंकाले खुल्लम खुल्ला ओठमा चुम्बन गरेपछि त झन अहिले यो खबरले प्रत्येक सञ्चारमाध्यमहरुको पहिलो पृष्ठ नै ओगटेको छ । 'कथा काठमाण्डू'को छायांकन बखत एकअर्कालाई मन दिएका प्रियंका र आयुष्मान अहिले गहिरो प्रेममा छन् । 
 
आज हामी शनिवार अवार्ड कार्यक्रममा देखिएको एउटा रोचक घट्ना तपाईहरुमाझ प्रस्तुत गर्दैछौं । काठमाडौंको पाँचतारे होटल हायातमा आयोजना गरिएको 'एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार'मा आयुष्मानले 'चपली हाईट २' बाट उत्कृष्ट नव-नायकको अवार्ड उचाले भने नायिका प्रियंका कार्कीले 'छक्का पन्जा'बाट उत्कृष्ट नायिकाको । अवार्ड उचालेपछि खुशी साट्दै उनीहरुले सार्वजनिक ठाउँमै गरेको चुम्बनको खबर तपाईहरुले पढिसक्नु भएको छ । 
 
 
अवार्ड कार्यक्रममा आयुष्मान आफ्नी आमा रविना देशराज श्रेष्ठ र भाई आशिरमान देशराज श्रेष्ठसँग पुगेका थिए भने प्रियंका आफ्नी आमासँग । अवार्ड कार्यक्रमभरी कार्की र श्रेष्ठ परिवार एउटै रोहको कुर्सीमा क्रमश बसेका थिए । प्रियंका र आयुष्मान मिडियाको अगाडि मज्जैले खुल्दा प्रियंकाकी आमा र आयुष्मानकी आमाको बोलचाल समेत भएन । झण्डै ३ घण्टासम्म आयोजना भएको अवार्ड कार्यक्रम अवधिभर न प्रियंकाकी आमाले रविनासँग कुरा गरेको देखियो नत रविनाले नै प्रियंकाकी आमासँग । 
 
आफ्नो आमाको अगाडि सार्वजनिक स्थानमा नै प्रियंका र आयुष्मानले एकअर्कालाई चुम्बन गरेपछि सबैले यही अनुमान लगाएका थिए कि उनीहरुको प्रेममा परिवार बाधक छैन् । तर, किन आयुष्मान र प्रियंकाकी आमाले राम्रोसँग एकअर्कासँग बोल्न त परै जाओस् हेर्न पनि उचित ठानेनन् ? के छोरा-छोरीको प्रेमले दुई परिवारमा द्धन्द्ध सुरु भएको हो ? प्रियंका र आयुष्मानकी आमा नबोल्दा अवार्ड कार्यक्रममा उपस्थित धेरैले यस्तै प्रश्न पालेका थिए । 
 
 
अवार्ड चलिरहँदा केही बेर प्रियंका र आयुष्मान हराए । अनि एकसाथ भए आयुष्मान र प्रियंकाकी आमा । उनीहरुको बिचमा दुई कुर्सी खाली थियो तर झण्डै आधा घण्टासम्म प्रियंका र आयुष्मान नआउँदा न रविनाले खाली कुर्सीमा बसेर प्रियंकाकी आमासँग कुरा गर्न उचित ठानिन् नत प्रियंकाकी आमाले नै । 'फिल्मीखबर डटकम'का फोटोपत्रकार विवेक बस्यालले यी दृश्यहरु आफ्नो क्यामेरा कैद गरेका छन्, जून हामीले प्रकाशन गरेका छौं । तश्वीरबाट पनि तपाईहरुले धेरै कुराको अनुमान लगाउन सक्नु हुन्छ । यी सबै दृश्यहरु भने 'फिल्मीखबर डटकम'का पत्रकार मनिष अन्जानले नजिकबाट निहालिरहेका थिए ।