मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब चीनमा 'बाहुबली २'

एजेन्सी, मुम्बई, 2017/06/18
बक्स अफिसमा कमाईको नयाँ रेकर्ड बनाएपछि एस एस राजामौलीको फिल्म ‘बाहुबली २’ १७ सेप्टेम्बरबाट चीनमा पनि रिलिज हुने भएको छ । भारतमा जस्तै चीनमा पनि ‘बाहुबली’ को लडाई आमिरको फिल्म ‘दंगल’ सँग हुनेछ । ‘दंगल’ चीनमा सबैभन्दा बढी कमाई गर्ने फिल्म बनिसकेको छ । 
 
‘बाहुबली २’ चीनमा ४ हजार स्क्रिनमा रिलिज हुँदैछ । तर, यो मामलामा  ‘बाहुबली २’, ‘दंगल’ भन्दा पहिला नै पछाडि परेको छ किनकी आमिरको फिल्म ‘दंगल’ चीनमा ७ हजार स्क्रिनमा रिलिज भएको थियो ।  ट्रेड एनालिस्ट रमेश बालाले ट्वीट गर्दै लेखेका छन्, 'बाहुबली २ ११ सेप्टेम्बर चीनमा ४ हजार स्क्रिनमा रिलिज हुनेछ । त्यस्तै, फिल्मका स्टार बाहुबलीको प्रमोशन गर्न चीन पनि जानेछन् ।' रमेश बालाले अर्को ट्वीटमा जानकारी दिएका छन् कि चीनपछि ‘बाहुबली २’ यस वर्ष नै जापान, कोरिया र ताइवानमा पनि रिलिज हुनेछ । 
 
‘बाहुबली २’ ले अहिलेसम्म १ हजार ६ सय ८४ करोड कमाई गरिसकेको छ । त्यस्तै, 'दंगल'ले बक्स अफिसमा वर्ल्डवाइड १ हजार ९ सय ३४ करोडको कारोबार गरेको छ ।