Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

मनीषाले विर्सिइन् नेपाली बोल्न !

फिल्मीखबर, काठमाण्डौ, 2017/06/18
नेपाली मूलकी बलीउड अभिनेत्री मनीषा कोइराला अहिले नेपालमा छिन् । गएको तीन हप्ता अगाडि उनी अभिनित बलीउड फिल्म 'डियर माया' रिलिज भएको थियो । तर, यो फिल्म नेपालमा चलेन । 'बम्बे', '१९४२ : अ लव स्टोरी' र 'दिल से...' जस्ता फिल्ममा आफ्नो अभिनय र सुन्दरताको जादु छरेकी ९० को दशककी चर्चित अभिनेत्री मनीषाले आफ्नो २६ बर्ष लामो फिल्मी करिअरमा धेरै चर्चित बलीउड अभिनेताहरुसँग काम गरिसकेकी छिन् । 
 
नेपाली फिल्म 'धर्मा'मा समेत काम गरेकी मनीषा नेपालभन्दा धेरै भारतमा बस्ने गर्छिन् । बलीउड फिल्ममा २६ वर्ष विताएकी मनीषालाई कुन भाषा राम्रोसँग बोल्न आउँछ होला ? तपाईको झट्टै उत्तर आउन सक्छ भारतीय । हो, मनीषा नेपालीभन्दा भारतीय भाषा शुद्धसँग बोल्छिन् । हिजो शनिवार राजधानीमा भएको 'एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार'मा मनीषा प्रमुख अतिथी बनेर उपस्थित भएकी थिइन् । 
 
 
गोपीकृष्णमार्फत मनीषाले क्यान्सर नेपाल केयरलाई सहयोग हस्तान्तरण गरिन् । त्यसबेला कार्यक्रम संचालिका सुगारिका केसीले मनीषालाई आफ्नो विचार राख्न आग्रह गरिन् । मनीषाले आफ्नो विचार राख्ने क्रममा शुद्धतरिकाले नेपाली बोल्न सकिनन् । उनीले नेपाली बोल्दा धेरै भारतीय भाषा नै मिसियो । भारतीय र नेपाली भाषा मिसिएपछि उनले अंग्रेजीमा नै आफ्नो विचार राखिन् ।
 
हुनत, २६ वर्ष बलीउड फिल्ममा विताएका कारण मनीषाले नेपाली भाषा धेरै विर्सिसकेकी छिन् । नेपाली बोल्न त प्रयास गर्छिन तर प्रत्येक पंक्तिमा नै भारतको मातृभाषा मिसिन थालेपछि उनी अहिले सकभर अंग्रेजीमा नै आफ्नो विचार राख्ने गर्छिन् ।  मनीषालाई गएको बिहीवार नेपाल सरकारले बागमती सफाइ महाअभियानको सद्भावना दूतमा मनोनीत गरेको छ । शनिवार बागमती सरसफाई अभियानका लागि उनी भारतबाट नेपाल आएकी थिइन् । 
Most Visited News (monthly)