Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शाहरुखका कारण 'भूईँमान्छे'को रिलिज सर्‍यो

फिल्मीखबर, काठमाण्डौ, 2017/06/17
साउन २० गतेलाई रिलिज डेट लक गरिएको राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङको डेब्यू फिल्म 'भूईँमान्छे'को रिलिज २ सातापछि धकलिएको छ । यो मितिमा बलीउडस्टार शाहरुख खान अभिनित फिल्म ‘जब ह्यारी मिट सेजल’ रिलिज हुने भएका कारण 'भूईँमान्छे' को रिलिज सारिएको हो । यो मितिमा यसअघि निखिल उप्रेती अभिनित फिल्म 'रुद्र' पनि रिलिज हुने फाइनल भएको थियो तर शाहरुख खानकै कारण 'रुद्र' पनि एकसाता अघि अर्थात साउन १३ गतेबाट हलमा लाग्दैछ ।  
 
'रुद्र'ले रिलिज एकसाता अघि सारेपछि 'भूईँमान्छे' साउन २० गते सोलो रिलिजमा आउने फाइनल भएको थियो । तर, अब यो फिल्म भदौ २ गते रिलिज हुनेछ । यो मितिमा पनि 'भूईँमान्छे'ले सोलो रिलिजको मौका भने पाउने छैन् । किनकी यसअघि नै यो मितिमा हेमराज बि.सी निर्देशित फिल्म 'ग्याङस्टार ब्लुज' प्रदर्शनमा आउने फाइनल भैसकेको छ । अब 'भूईँमान्छे' ले भदौ २ गते 'ग्याङस्टार ब्लुज'सँग भिडन्त गर्नेछ । 
 
'भूईँमान्छे'का निर्देशक नवराज बुढाथोकीले फिल्मको रिलिज सार्नुको कारण बारे जानकारी दिँदै भने, 'शाहरुख खान अभिनित फिल्म ‘जब ह्यारी मिट सेजल’ रिलिज लगत्तै अक्षय कुमार अभिनित फिल्म ‘ट्वाईलेट एक प्रेम कथा’ रिलिज हुँदैछ । यसै कारण 'भूईँमान्छे'ले निकै कम हल पाउने भएपछि हामीले रिलिज सारेका हौं । अब भदौ २ गतेबाट फिल्म रिलिज हुनेछ ।'
 
पोस्टमार्टम गर्ने व्यक्तिको कथामा आधारित भएर निर्माण भएको फिल्म 'भूईँमान्छे' मा सिपोरा गुरुङका अलावा रमेश बुढाथोकी, सहिन प्रजापति, बादल भट्टलगायत शैली थिएटरका कलाकारको अभिनय छ । लामो समयदेखि नाटक निर्देशन गर्दै आएका बुढाथोकीले यस अघि फिल्म वनफूल निर्देशन गरेका थिए । वनफूल भने अहिलेसम्म प्रर्दशनमा आएको छैन । रोहिणी भट्टराईको लगानीमा फिल्म 'भुईँमान्छे' निर्माण भएको हो । 
Most Visited News (monthly)