मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टाइगर श्राफ बन्नेछन् ‘शेरखान‘

एजेन्सी, मुम्बई, 2017/06/17
बलीउड अभिनेता टाइगर श्राफलाई सिल्भर स्क्रिनमा 'शेरखान'को भूमिका निर्वाहा गर्दै गरेको देख्न पाइने भएको छ । सलमान खानलाई लिएर उनका भाई सोहेल खान ‘शेरखान’ बनाउने तयारीमा थिए तर फिल्म बन्न सकेन । 
 
सलमान खानले यो फिल्म खेल्न अस्वीकार गरेका थिए । जून तरिकाले सोहेल यो फिल्म बनाउन चाहन्थे, सलमान त्यसबाट खुशी थिएनन् । यसै कारण यो प्रोजेक्टको काम अगाडि बढ्न पाएको थिइन् तर सोहेलले ‘शेरखान’ बनाउने सपना देख्न छाडेनन् । 
 
हालैमा केही दिनदेखि उनको फिल्म एकपटक फेरि चर्चामा आएको छ । भारतीय मिडियाका अनुसार, सोहेल खानले आफ्नो यो महत्त्वाकांक्षी प्रोजेक्ट अब सलमान खान बिना नै बनाउने भएका छन् । यसको सिलसिलामा उनले टाइगर श्राफसँग सुरुवाती कुराकानी गरेका छन् । 
 
सोहेल खानले भनेका छन् कि यो फिल्ममा टाइगर श्राफ मुख्य भूमिकामा हुन सक्छन् । सलमान खान जब फिल्ममा जोडिएका थिए, तब यसको निर्माण लागत धेरै थियो । अब यो फिल्म औसत बजेटमा बन्ने बताइएको छ ।