Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साम्राज्ञीको भिडन्त आफैसँग, होला फाइदा ?

मनिष अन्जान, काठमाण्डौ, 2017/06/17
युवापुस्तामाझ लोकप्रिय नाम हो साम्राज्ञी राज्यलक्ष्मी शाह । पहिलो फिल्मले नै उनलाई नसोचेको सफलता दिलायो । वर्ष २०७२ मा रिलिज भएको अनमोल केसी स्टारर फिल्म 'ड्रिम्स' बाट साम्राज्ञी नेपाली रजतपटमा भित्रिएकी हुन् । अनमोल केसी भएका फिल्ममा अन्य कलाकारहरु ओझेलमा पर्ने गरेको चर्चा चलिरहँदा साम्राज्ञीलाई भने अनमोलको छाँया पनि परे । 'ड्रिम्स' मा अनमोललाई भन्दा साम्राज्ञीको अभिनयलाई दर्शकहरुले निकै रुचाए । 
 
गएको वर्ष साम्राज्ञीले 'ड्रिम्स'बाट उत्कृष्ट नव-नायिकाको अवार्ड पोल्टाभरी थापिन् । सपनामा पनि नदेखेका सपना साम्राज्ञीले विपनामा अनुभुती गर्न पाइन् । अहिले उनलाई आफ्नो फिल्ममा साइन गर्न निर्माताको भिड देख्दा अन्य अभिनेत्रीहरु पनि लोभिने गर्छन् । 'ड्रिम्स' पछि उनी अभिनित कुनै पनि फिल्म रिलिज भएका छैनन् तर अब रिलिज हुन लागेका फिल्म नै एक हप्ताको अन्तरमा हलमा भित्रिने भएपछि अहिले साम्राज्ञीको भोक-निन्द्रा हराएको छ । 
 
यस वर्ष साम्राज्ञी अभिनित तीन फिल्म रिलिज हुँदैछन् । 'तिमीसँग', 'ए मेरो हजुर २' र 'मंगलम' । 'मंगलम'मा उनको केमियो छ । यो फिल्म दशैंको फुलपातीमा रिलिज हुँदैछ । तर, 'तिमीसँग' र 'ए मेरो हजुर २' भने भदौमा रिलिज हुँदैछन् त्यो पनि एक हप्ताको अन्तरमा । भदौ ८ गते 'तिमीसँग' रिलिज हुँदैछ भने भदौ १६ गते 'ए मेरो हजुर २' ले रिलिज फाइनल भैसकेको छ । 
 
'ए मेरो हजुर २' ले रिलिज घोषणा गरेर दुई गीत समेत सार्वजनिक गरिसकेको अवस्थामा साम्राज्ञी अभिनित अर्को फिल्म 'तिमीसँग'ले शुक्रवार टीजर सार्वजनिक गर्दै भदौ ८ गतेलाई रिलिज फाइनल गर्यो । 'ए मेरो हजुर २' को सार्वजनिक दुई गीतमा नायिका साम्राज्ञी फिचरिङ छिन् । बजारमा 'ए मेरो हजुर २' का गीतले हाइप लिन थालेपछि 'तिमीसँग'ले त्यसको फाइदा उठाउँदै भदौ ८ गतेलाई रिलिज फाइनल गरेको खबर छ । 
 
निर्माता-निर्माताबिचको लडाईमा साम्राज्ञीले भने अब चुनौतीको ठूलो पहाड चढ्नु पर्ने भएको छ । फिल्मलाई रुचाएको खण्डमा दोस्रो साताबाट सिनेमा हलमा दर्शकको भिड बढ्न थाल्छ । तर, साम्राज्ञीले भने दोस्रो हप्तामा अब आफ्नै फिल्मसँग भिडन्त गर्नु पर्नेछ । 
 
एक हप्ताको अन्तरमा 'तिमीसँग' र 'ए मेरो हजुर २' रिलिज हुने भएपछि साम्राज्ञीको अहिले होस हवास उडेको छ । 'तिमीसँग' सफल भए त ठिकै भयो नभए त्यसको असर 'ए मेरो हजुर २' लाई पनि राम्रै पर्छ । त्यसैले त भदौ ८ र १६ को मिति साम्राज्ञीका लागि अग्नी परिक्षा बनेको छ । 
 
अब यो त भदौमा नै थाहा हुनेछ कि साम्राज्ञीका लागि यस वर्ष कति लाभदायक हुने हो । दुई फिल्म मध्ये एक सफल भएपनि साम्राज्ञीका लागि खुशीको मुस्कान छर्ने साहरा बन्न सक्छ यदी यसो भएन भने उनको करिअर पनि काँडाको धारमा हिँड्नेमा सायद शंका नउब्जिएला । 
Most Visited News (monthly)