मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छोरीको बलीउड डेब्यूबाट खुशी छैनन् सैफ

एजेन्सी, मुम्बई, 2017/06/17
सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खान चाँडै फिल्म 'केदारनाथ' बाट बलीउडमा डेब्यू गर्दैछिन् । तर सैफ, साराले बलीउडमा डेब्यू गर्ने फैसलालाई लिएर खुशी छैनन् । डीएनएलाई अन्तर्वार्ता दिँदै सैफले भने, 'सारालाई यो करिअर किन चाहियो ? हेर्नूस् उनले कहाँबाट अध्ययन गरेकी छिन् । यति गरेपछि किन उनी न्यूयोर्कमा रहेर काम गर्दिनन् ? म अभिनयको विपक्षमा छैन् तर यो स्टेबल प्रोफेशन होइन । यहाँ सबै डरले जिउने गर्छन । यहाँ राम्रो काम गरेर पनि यो ग्यारेन्टी छैन कि तपाईलाई सफलता मिल्छ ।' 
 
सैफले अगाडि भने, 'सारा सधै नै कलाकार बन्न चाहन्थिन् । मलाई याद छ कि केही वर्ष अगाडि हामी स्टेज परफर्मेन्सका लागि विदेश गएका थियौं । जब म, सलमान र केही कलाकारहरुसँग स्टेजमा थियौं तब सारा पर्दाको पछाडि उभिएर हामीलाई हेरिरहेकी थिइन् ।' साराको डेब्यू फिल्म 'केदारनाथ' लाई अभिषेक कपूर निर्देशन गर्दैछन् । फिल्ममा सुशांत सिंह राजपूत हीरो छन् ।