मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

भाद्र ८ लक गर्दै 'तिमीसँग'को टीजर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2017/06/16
भाद्र ८, यसवर्षको सबैभन्दा प्रतिक्षित दिन । किनकी यो मितिमा अनमोल केसी स्टारर फिल्म 'कृ' रिलिज हुने फाइनल भएको थियो । तर, छायांकन ढिला सुरु भएका कारण 'कृ' को रिलिज भाद्र ८ लाई अलविदा गर्दै कार्तिक ३ गते सारियो । 
 
अब अनमोलले छाडेको भाद्र ८ मा कुन फिल्म रिलिज हुँदैछन् त ? बताइदिउँ, यो मितिमा यसअघि नै निशा अधिकारीले निर्माण गरेको सौगात मल्ल र वेनिशा हमाल अभिनित फिल्म 'झ्यानाकुटी' रिलिज हुने फाइनल भैसकेको छ । अब यो मितिमा 'झ्यानाकुटी' मात्र होइन साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म 'तिमीसँग' पनि रिलिज हुने भएको छ । 
 
हालैमा निर्माणपक्षले फिल्मको टीजर सार्वजनिक गर्दै 'तिमीसँग'को रिलिज घोषणा गरेको छ । संवाद समाबेश नगरिएको टीजरले नायिका साम्राज्ञी, नायक द्धय आकाश श्रेष्ठ र नाजिर हुसेनको प्रेमभाव बोल्छ । टीजर हेर्दा सजिलै के अनुमान लगाउन सकिन्छ भने फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । 
 
नायिका करिश्मा मानन्धर पनि टीजरमा अटाएकी छिन् । फिल्मको एक गीतमा करिश्माले ठुम्का लगाएकी छिन् । फिल्मलाई शिशिर रानाले निर्माण र निर्देशन गरेका हुन् । फिल्मको कथा पनि शिशिरकै हो । फिल्ममा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन छ ।
 
अचम्म त के छ भने साम्राज्ञी अभिनित अर्को फिल्म 'ए मेरो हजुर २' 'तिमीसँग' रिलिजको ठिक एक हप्ता पछाडि रिलिज हुँदैछ । 'ए मेरो हजुर २' ले भाद्र १६ मा रिलिज गर्ने घोषणा गरिसकेको अवस्थामा यसको एकहप्ता अगाडि एउटै स्टार अभिनित फिल्म 'तिमीसँग' रिलिज गर्नुले भाद्र महिनाको लडाईलाई थप रोचक बनाएको छ । अब साम्राज्ञीले 'तिमीसँग' रिलिजको एकहप्ता वित्दै गर्दा आफू अभिनित अर्को फिल्म 'ए मेरो हजुर २' सँग भिडन्त गर्नुपर्नेछ । यसले दुवैपक्षलाई सुखद अनुभुती भने गर्न दिने छैन् ।