मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

गीतमा हेर्नूस् 'धनपति'का 'सुख-दुःख'

फिल्मीखबर, काठमाण्डौ, 2017/06/16
प्रतिक्षित मानिएको फिल्म 'धनपति'को पहिलो गीत रिलिज भएको छ । 'सुख-दुःख' बोलको गीतमा फिल्मका मुख्य कलाकार खगेन्द्र लामिछाने श्रीमति सुरक्षा पन्त र छोरीसँग साइकलमा घुम्नका लागि काठमाडौंको फनपार्क निस्किएका छन् । बाटोमा भेटिने आलिसान घरदेखि महँगा गाडीहरु देख्दा सुरक्षा लोभिन्छिन् । छोरी पनि बाटोमा भेटिने गुडियाहरु देख्दा किन्नका लागि बुबा खगेन्द्रलाई आग्रह गर्छिन तर आर्थिक अवस्था निकै कमजोर भएका कारण खगेन्द्र छोरीको इच्छा पूरा गर्न सक्दैनन् । सार्वजनिक गीतमा यस्तै कारुणीक दृश्य देख्न सकिन्छ । 
 
आधा सुर र शरदा अधिकारीको आवाजमा रहेको सार्वजनिक गीतमा गायक आधा सुरको शब्द तथा संगीत रहेको छ । असार २३ गतेलाई रिलिज फाइनल गरिएको फिल्मको कथा खगेन्द्र लामिछानेले नै लेखेका हुन् । 
 
यसअघि ‘पशुपतिप्रसाद’ निर्माण गरेकै ब्यानर टुकी आर्टस् र दीपेन्द्र के खनाल प्रोडक्सनले संयुक्त रूपमा बनाएको ‘धनपति’ मा पनि ‘पशुपति प्रसाद’ कै खगेन्द्र लामिछाने मुख्य भूमिकामा छन् । सुरक्षा पन्त, आशान्त शर्मा, मनीष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवि गिरी, कमल देवकोटा, प्रकाश घिमिरेको पनि फिल्ममा मुख्य भूमिका छ । 
 
फिल्ममा सूर्य थोकरको एक्सन, आधासुरको संगीत, दिर्घ खड्काको सम्पादन, दीपेन्द्र के खनालकै छायांकन छ । ओम गुरुङ सहायक निर्माता रहेको फिल्ममा रजना नापित र समीर देवकोटा सह-निर्माताको रुपमा छन् । फिल्मका निर्देशक दीपेन्द्र के. खनाल हुन् ।