मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

प्रभासको पारिश्रमिक सुनेर निर्माताको होस उड्यो

फिल्मीखबर, मुम्बई, 2017/06/16
'बाहुबली' रिलिज भएपछि सर्वाधिक चर्चामा रहे अभिनेता प्रभास । यस फिल्मको रिलिज पश्चात प्रभासको साउथमा मात्र होइन बलिउडमा पनि डिमाण्ड बढेको छ । प्रभासलाई लिएर अहिले बलीउड फिल्म निर्माण गर्ने निर्माताहरुको ताँती कम्ता छैन् । तर, प्रभासले अहिलेसम्म कुनै पनि बलीउड फिल्म साइन गरेका छैनन् । 
 
केही समय अगाडि एउटा खबर बाहिरिएको थियो कि प्रभासलाई निर्माता करण जोहरले आफ्नो फिल्मबाट बलीउडमा डेब्यू गराउँदैछन् । तर, यो अहिलेसम्म संभव भएको छैन् । त्यस्तै, बलीउड निर्देशक रोहित शेट्ठीले पनि प्रभासलाई आफ्नो फिल्मबाट डेब्यू गराउन लागेको चर्चाले अझै पनि बलीउड तातेको छ तर रोहितले यो खबरमा सत्यता नभएको बताइसकेका छन् । 
 
करण र रोहित मात्र होइन प्रभासलाई लिएर फिल्म निर्माण गर्ने होडमा बलीउडका नामी निर्माताहरु पनि लागि परेका छन् । हालै केही निर्माताहरु प्रभासलाई साइन गर्न समेत पुगेको खबर छ । मिडिया रिपोर्टका अनुसार, प्रभाससँग उनीहरुले फिल्मको स्क्रिप्ट र स्टारकास्टको लागि पनि छलफल गरे । त्यसपछि चर्चा भयो उनले कति पारिश्रमिक लिने । तब, प्रभासले ८० करोड पारिश्रमिक लिने जानकारी दिए । 
 
यो सुनेर निर्माताहरुको होस नै उड्यो । उनीहरु त्यसपछि चुप लागेर फर्के । यति धेरै फिस अन्य बलीउड स्टारहरुले पनि पाएका छैनन् । भारतीय मिडियाका अनुसार, अब जून निर्माताले ८० करोड तिर्न सक्नेछन् उनीहरुले प्रभासलाई साइन गर्न सक्नेछन् ।