Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'रुद्र' ट्रेलर : विश्व र साराको प्रेममा निखिल भिलेन

फिल्मीखबर, काठमाण्डौ, 2017/06/16
साउन १३ गतेलाई रिलिज लक गरिएको निखिल उप्रेती स्टारर फिल्म 'रुद्र'को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा निखिलको धमाकेदार एक्सन दृश्यसँगै यही फिल्मबाट अभिनयमा डेब्यू गरेका सारा र विश्व शर्माको प्रेमजोडी देख्न सकिन्छ । निखिल सारा र विश्वको प्रेममा भिलेन बनेका छन् । दर्शकहरुले पहिलो पटक फिल्म 'रुद्र' मा निखिललाई भिलेन अवतारमा देख्न पाउनेछन् ।
 
ट्रेलर रिलिज कार्यक्रममा बोल्दै निखिलले 'रुद्र' मा समाबेश एक्सन सिनहरु बलीउड फिल्मबाट प्रभावित भएको खुलाए । उनले भने, 'कथावस्तु कुनै पनि हलीउड र बलीउडका फिल्मबाट प्रभावित छैन् तर एक्सन सिन भने केही बलीउडबाट प्रभावित छ । हुनत यो अनौठो होइन । किनकी बलीउड फिल्ममा पनि धेरै जसो एक्सन सिनहरु साउथबाट कपी गरिएका हुन्छन् तर ति फिल्महरुलाई भारतमा मात्र होइन नेपालमा पनि उतिक्कै रुचाउने गरिन्छ ।' निखिलले 'रुद्र'बाट दर्शकहरुले फरक सिनेमाको स्वाद चाख्न पाउने पनि बताए । 
 
त्यस्तै, नव-नायिका सारा र नव-नायक विश्वले फिल्म 'रुद्र' राम्रो बनेको बताउँदै दर्शकहरुले मनपराउने दाबी गरे । निर्देशक रामजी लामिछानेले 'रुद्र' मा सबै कलाकारहरुले राम्रो काम गरेका कारण एउटा उत्कृष्ट फिल्म बनेको बताए । उनले भने, 'म फिल्म तत्काल निर्देशन गर्दिन भनेर बसेको थिएँ तर निखिल जीले यो फिल्म जसरी पनि तिमीले गर्नुपर्छ भनेपछि सबैको साथ र सहयोगमा 'रुद्र' निर्देशन गरेको हुँ । मलाई आश छ फिल्मलाई दर्शकहरुले रुचाउनु हुन्छ ।' 
निखिल उप्रेती प्रोडक्शन र विश्व प्रोडक्शनको ब्यानरमा निर्माण भएको 'रुद्र' मा निखिलका साथमा सारा, विश्व शर्मा, रोयदिप श्रेष्ठ, जितेन लामा लगायतका कलाकारको अभिनय छ । सौरभ लामाको छायांकन रहेको फिल्ममा दिनेश सोनाम र निखिलको संगीत, हिमाल केसीको एक्सन, वनिश शाहको सम्पादन छ । 
 
यो फिल्म साउन १३ गते अन्य दुई फिल्मसँग भिडन्त गर्दैछ । सायद यो पहिलो पटक हुँदैछ निखिल आफ्नै अभिनित फिल्मसँग एकसाथ हलमा लड्दैछन् । साउन १३ गते निखिल अभिनित 'रुद्र'सँगै 'संरक्षण' पनि रिलिज हुँदैछ भने यो मितिमा 'प्रेमगीत २' पनि प्रदर्शनमा आउँदैछ । 
Most Visited News (monthly)