मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शरदसँग बिहे गर्दैछिन् निशा ?

फिल्मीखबर, काठमाण्डौ, 2017/06/16
नेपाली सेलिव्रेटीको लभ लाइफको कुरा आम मानिसका लागि अनौठो पक्कै होइन् । प्रायः प्रत्येक हप्ता नै सेलिव्रेटीहरुको अफयेरको खबरहरु मिडियामा आइरहेको हुन्छ । अहिले नायिका प्रियंका कार्की र आयुष्मान देशराज श्रेष्ठको अफयेरको खबरले नेपाली मिडिया तातिरहेको अवस्थामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित ब्याट्सम्यान शरद भेषवाकर र नेपाली नायिका निशा अधिकारीले विवाह गर्न लागेको खबर बाहिरिएको छ ।
 
केही समय अगाडि निशाले एक अनलाइनलाई अन्तर्वार्ता दिँदै शरदसँग ब्रेकअप भएको जानकारी दिएकी थिइन् । तर, केही दिन अगाडि शरद निशासँग भेट गर्न चितवनमा छायांकन भएको 'पोखराकी कान्छी' को सुटिङ सेटमा पुगेका थिए ।  
 
'फिल्मीखबर डटकम' लाई प्राप्त तश्वीरमा फिल्म 'पोखराकी कान्छी' का निर्माताको सेल्फीमा शरद र निशा कैद छन् । स्रोतका अनुसार, निशा र शरदले यही असारको दोस्रो सातामा विवाह गर्दैछन् । निशाले 'पोखराकी कान्छी' को बाँकी सुटिङ विवाहपछि गर्ने भन्दै काठमाडौं फर्किएको खबर छ ।
 
यस विषयमा बुझ्न खोज्दा निशाको फोनमा सम्पर्क हुन सकेन । आशा गरौ, निशाले यस बिषयमा चाडै नै आफ्नो भनाई सार्वजनिक गर्नेछिन् । नायिका निशा अधिकारी गएको वर्ष आफू अभिनित फिल्म 'जय परशुराम' रिलिजताका अमेरिका पुग्दा शरदसँग ब्रेकअप भएको हल्ला चलेको थियो ।
 
शरद र निशालाई धेरै पटक हात समात्दै सिनेमा हेर्न हल पुगेको देखि होटलमा सँगै डिनर गरेका तश्वीरहरु यसअघि नै मिडियामा आइसकेका छन् । ब्रेकअपको हल्लापछि भने यी दुई एकसाथ मिडियाको क्यामेरामा कैद भएका थिएनन् ।