Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मनीषा कोइराला बागमती सफाइ सद्भावना दूत

फिल्मीखबर, काठमाण्डौ, 2017/06/16
नेपाली मूलकी बलीउड अभिनेत्री मनीषा कोइरालालाई नेपाल सरकारले बागमती सफाइ महाअभियानको सद्भावना दूतमा मनोनीत गरेको छ । बागमती सफाइ महाअभियानको बिहीवार बसेको साप्ताहिक बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा कोइरालाको नाम अनुमोदन गरेको हो । 
 
कोइराला भोली शनिबार हुने २१४ औं साताको बागमती सफाइ कार्यक्रममा सहभागी हुनेछिन् । यसअघि नै तत्कालीन सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले आफ्नो कार्यकालमा कोइरालालाई बागमती सफाइ अभियानको सद्भावना दूत मनोनीत गर्न प्रस्ताव गरेका थिए । २०७० जेठ ५ देखि हप्तामा एक दिन शनिबार बागमती सरसफाई हुँदै आएको छ । मनीषा अभिनित बलीउड फिल्म 'डियर माया' गएको तीन हप्ता अगाडि प्रदर्शनमा आएको थियो । 
Most Visited News (monthly)