मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा 'तारेभीर'

फिल्मीखबर, काठमाण्डौ, 2017/06/16
नविसर्नुस्, आजबाट सिनेमा हलहरुमा फिल्म 'तारेभीर' ले प्रदर्शन आरम्भ गरेको छ । मोफसलमा ३७ र राजधानीमा ११ वटा हलबाट प्रदर्शन आरम्भ गरेको 'तारेभीर'मा अधिकांश नयाँ कलाकारहरुको बाहुल्यता छ । केही हप्ता अगाडि सार्वजनिक फिल्मको ट्रेलरमा देखिए अनुसार, फिल्ममा नायिकालाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । देउ कृष्ण देवानको निर्माण र अभिनय रहेको फिल्मलाई कलाकार प्रेम सुब्बाले निर्देशन गरेका हुन् । 
 
वास्तविक कथामा आधारित नारी एक्सनप्रधान फिल्म 'तारेभीर'मा दुई छोरी मात्र भएको परिवारले भोग्नुपरेको सामाजिक कथालाई उधिन्ने प्रयास गरिएको छ । फिल्म नायिकाप्रधान भएकाले कलाकारहरू कथाभित्रका दिदीबहिनी विष्णु चेम्जोङ र रेखा फागोको वरिपरि घुम्छ ।  
 
नेक्स्ट जेनेरेसन इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा विष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, देउ कृष्ण देवान, दीपेश श्रेष्ठ, अजयकुमार माझी, मञ्जु श्रेष्ठ, रञ्जित राना र निर्मल थापाको अभिनय छ ।