Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'सायद २' : सुहायो सुशील र स्यारोनको केमेष्ट्री ?

फिल्मीखबर, काठमाण्डौ, 2017/06/15
२०६९ साल बैशाख २९ गते प्रदर्शनमा आएको फिल्म 'सायद'को सिक्वेल 'सायद २' असार ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ । यसको पहिलो भागलाई युवापुस्ताका दर्शकहरुले निकै रुचाएका थिए । दुर्गिश फिल्मसको ब्यानरमा सुनिल रावलले निर्माण गरेको फिल्म 'सायद २' लाई पनि दर्शकहरुले रुचाउनेमा निर्माणपक्ष विश्वस्त देखिएको छ । 
 
यो फिल्मको केही दिन अगाडि ‘पहिलो प्रेम...’ बोलको रोमान्टिक गीत रिलिज भएको थियो । गीतको भिडियोमा सुशील श्रेष्ठ र स्यारोन श्रेष्ठले अभिनय गरेका छन् । यो गीतमा सुगम पोखरेलको शब्द, संगीत र स्वर छ । भिडियोमा मनाङको दृश्यलाई कैद गरिएको छ ।
 
फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् । फिल्ममा सुशील श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे तथा निर्माता सुनिल रावलको समेत अभिनय छ । फिल्ममा सुनिलसँग ईश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माणमा सहकार्य गरेका छन् । हेमदेव गौतम र कृष्ण प्रधान पनि सह–निर्माताको रुपमा छन् । 
 
युवापुस्ता लक्षित सिनेमा निर्माण गर्दै आइरहेको दुर्गिश फिल्मसले यसअघि 'सायद' सँगै 'सायद २', 'होस्टेल', 'होस्टेल रिर्टन्स' फिल्म निर्माण गरिसकेको छ भने ‘लाउरे’ को छायांकन भैरहेको छ । 

Most Visited News (monthly)