मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 3.50/5.00)
Text size:-
+
-

'बाबु कान्छा'को मुहुर्त, सलोनको जोडी करिश्मा

फिल्मीखबर, काठमाण्डौ, 2017/06/15
२०७२ मा रिलिज भएको रेखा थापा र जीवन लुइँटेल अभिनित फिल्म 'जाउँ हिँड पोखरा'पछि निर्देशक शोभित बस्नेत निर्देशित फिल्म हलमा लागेका छैनन् । कम समयमै धेरै फिल्म निर्देशन गर्ने निर्देशकको रुपमा समेत चिनिएका निर्देशक शोभित बस्नेतले केही वर्षको अन्तरालपछि आफ्नै निर्देशन र निर्माणमा नयाँ फिल्म निर्माण गर्दैछन् 'बाबु कान्छा' । यो फिल्मको बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि शुभमुहुर्त गरिएको छ । 
 
फिल्मको शुभमुहुर्तमा कलाकार सरोज खनाल र नायक सलोन बस्नेतले आफ्नो भागको संवाद बोलेका थिए । नायिका पूजा शर्माले मुहुर्त सर्टको निर्देशन गरिन् भने ‘ए मेरो हजुर २’ डेब्यू नायक सलिन मान बाँनियाले क्ल्याप ठोकेको थिए ।
 
आफ्नै छोरा सलोन बस्नेतलाई मुख्य भूमिकामा अनुवन्धित गर्दै शोभित बस्नेतले 'बाबु कान्छा' निर्देशन गर्न लागेका हुन् । यो फिल्ममा सलोनको अपोटिजमा नायिका करिश्मा श्रेष्ठ छिन् । यसअघि यो जोडीले 'लभ सब' मा एकसाथ काम गरेका थिए । सिनेवृतमा चलेको हल्ला सुन्ने हो भने सलोनकी रियल प्रेमिका हुन् करिश्मा । फिल्ममा सलोन र करिश्माका अलावा रितिक शाही, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, सम्राट सापकोटाको पनि मुख्य भूमिकामा छन् । यो फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले अभिनयमा डेब्यू गर्दैछन् । 
 
फिल्मको मुहर्त कार्यक्रममा बोल्दै निर्देशक शोभित बस्नेतले 'बाबु कान्छा' लाई राम्रो बनाउन कुनै कसरत बाँकी नराख्ने बताए । त्यस्तै, फिल्मका नायक सलोन बस्नेतले 'बाबु कान्छा' का लागि आफूले निकै मिहिनेत गरेको सुनाए । उनले भने, 'मलाई धेरैले भन्नुहुन्थ्यो अब आफ्नो बुबाको फिल्ममा चाहिँ काम कहिले गर्ने भनेर । अब यो प्रश्नको उत्तर पनि मैले दिनु पर्दैन । 'बाबु कान्छा' का लागि झण्डै २ वर्षदेखि मैले मिहिनेत गरिरहेको छु । मलाई आश छ राम्रो फिल्म बन्छ ।' 
 
फिल्मको कथा निर्देशक शोभित बस्नेत आफैले लेखेका हुन् । रंग पत्रकार रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा बाबु श्रेष्ठको छायांकन र कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।
 
यसअघि यो फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र सृष्टि श्रेष्ठ मध्ये एकले अभिनय गर्ने खबर थियो । तर, नायिका साम्राज्ञी फिल्म 'इन्टु मिन्टु लण्डन' मा र सृष्टि फिल्म 'लाउरे' को छायांकनमा व्यस्त हुने भएका कारण 'बाबु कान्छा' मा काम गर्न असंभव भएपछि शोभितले मुख्य भूमिकामा करिश्मालाई फाइनल गरिएको बुझिएको छ । यो फिल्मको छायांकन काठमाडौं, चितवन र दुबईमा हुनेछ ।
 
तश्वीर : कमल प्रसाई