Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

'एक्सएक्सएक्स ४' मा विनसँग फेरि दीपिका

एजेन्सी, मुम्बई, 2017/06/15
दीपिका पादुकोणका फ्यानहरुका लागि खुशीको खबर छ कि उनले 'एक्सएक्सएक्स ४' मा पनि मुख्य भूमिका निर्वाहा गर्ने भएकी छिन् । कारूसोले ट्विटरमार्फत फ्यान्सलाई यस विषयमा जानकारी दिएका छन् । यो ट्वीटपछि एक फ्यानले बुझ्न खोजे कि यसको सिक्वेलमा दीपिकाको अलावा को-को को-स्टार फेरि देखिँदैछन् ? र, उनले उत्तर दिए, 'यसमा सबै जना हुनेछन् ।' अर्थात यो सिक्वेलमा रूबी रोज, विन डीजल, नीना दोब्रेव र दीपिका फेरि एकसाथ देखिनेछन् । 
 
डीजे कारुसोको डायरेक्शनमा बनेको 'xXx: Return of Xander Cage' मा दीपिका र विन डीजलको केमिस्ट्रीलाई दर्शकहरुले खुबै रुचाएका थिए । यतिमात्र होइन, यी दुई अफ स्क्रिन पनि राम्रो बोन्डिङ राख्छन् । यो फिल्मबाट दीपिकाले हलीउडमा डेब्यू गरेकी थिइन् । 
 
Most Visited News (monthly)