मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मिस नेपाल निकितालाई हिरोइन बन्ने रहर

फिल्मीखबर, काठमाण्डौ, 2017/06/15
केही दिन अगाडि मात्र मोरङकी २० वर्षीया निकिता चन्दकले ‘मिस नेपाल–२०१७’ को उपाधि जितिन् । उनी मिस नेपाल भएकोमा जति खुशी र समर्थनका ताली बजेका छन् उति नै बिरोधका आवाज पनि अहिले गुञ्जिरहेका छन् । खासगरी निकिताको रुपरंगमाथि कटू टिप्पणी गरिएका छन् । निकितालाई ‘भारतीय’को ट्याग पनि भिराइएको छ । छालाको रंग, समुदाय, भूगोलकै आधारमा उनी ‘मिस नेपाल’की अयोग्य हुन् त ? यस्ता साम्प्रदायिक तर्कले पनि यतिबेला ठाउँ पाएको छ । यसपालि नेवारको बर्चश्व तोड्दै मिस नेपालको ताज तराईकी मारवाडी चेलीले जित्दा बिरोधका आवाज सुनिनु अनौठो होइन । तर, अब यी बिरोधहरुले खासै अर्थ राख्दैनन् । 
 
खैर, छाड्यौं यी कुरा । निकिता चन्दकले अब एक वर्षसम्म मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरको मातहतमा रहेर काम गर्नु पर्नेछ । त्यसपछि मात्र उनी खुल्ला आकाशमा उड्ने चरा हुनेछिन् । अब उनको पहिलो प्राथमिकता 'मिस वर्ल्ड २०१७' रहेको छ । आयोजक संस्था द हिडन ट्रेजरसँगको कन्ट्य्राक्ट सक्किएपछी उनले फिल्म अभिनयमा लाग्ने सोच पनि बनाएकी छिन् । 
 
काठमाडौंमा आयोजत एक कार्यक्रममा भेटिएकी निकिताले पत्रकारहरुसँगको कुराकानीको क्रममा भनिन्, 'मलाई सानैदेखि अभिनयमा लाग्ने खुबै रहर थियो । अबको एक वर्षसम्म द हिडन ट्रेजरको मातहतमा रहेर काम गर्नुपर्छ । त्यसपछि भने राम्रो स्क्रिप्ट भेटे अवश्य फिल्ममा काम गर्नेछु ।'
 
हुनत, मिस नेपालको फिल्मी यात्रा हेर्ने हो भने खासै सुखद पाइदैन । न माल्भिका सुब्बाले फिल्म क्षेत्रमा सुखद अनुभुती गर्न पाइन् नत मलिना जोशीले नै । रुवी राणादेखि झरना बज्राचार्य, उषा खड्गी, जेनिशा मोक्तानसम्मको फिल्म यात्रा हेर्ने हो भने निराशाजनक नै छ । मिस नेपालको ताज पहिरिएर नेपाली फिल्ममा प्रवेश गरेका अधिकांश सुन्दरीहरु नायिकाको रुपमा स्थापित हुन भने असफल नै भएका छन् मात्र नायिका सृष्टि श्रेष्ठ बाहेक । सृष्टिको भने गएको वर्ष रिलिज भएको फिल्म 'गाजलु' ले राम्रै व्यापार गरेको थियो । अब हेरौं निकिताको फिल्मी यात्रा कस्तो रहने हो ।