मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'तारेभीरमा प्रहरी हिरो' : निर्माता देवान

फिल्मीखबर, काठमाण्डौ, 2017/06/15
भोली शुक्रवारबाट अल नेपाल प्रदर्शनमा आउँदैछ फिल्म 'तारेभीर' । महिलाप्रधान भनिएको फिल्मको सार्वजनिक ट्रेलरमा पनि विशेषत लेडिज एक्सनलाई नै प्राथमिकता दिइएको छ । ट्रेलरमा देखिएको दमदार लेडिज एक्सनका कारण पनि दर्शकहरु फिल्म 'तारेभीर' को प्रतिक्षामा छन् । 
 
निर्माता देउ कृष्ण देवानले फिल्म 'तारेभीर' ले दर्शकहरुलाई भरपूर मनोरञ्जन दिने बताए । 'फिल्मीखबर डटकम' सँग कुराकानी गर्दै उनले भने, 'तारेभीर महिलाप्रधान फिल्म हो । हामीले धेरै फिल्ममा नेपाल प्रहरीलाई नकारात्मक भूमिकामा देखेका छौं तर 'तारेभीर'मा प्रहरीलाई नै हिरो बनाइएको छ । प्रहरीले गर्ने क्रियाकलापहरुलाई व्यवसायिक रुपले पर्दामा देखाउन खोजेका छौं ।' 
 
'नेपालमा महिलालाई एक्सन अवतारमा प्रस्तुत गरिएका फिल्महरु खासै चलेको पाइँदैन । 'तारेभीर'मा पनि त्यस्तै देखिन्छ । के दर्शकलाई हलसम्म तान्न सफल बन्नुहुन्छ ?' हाम्रो प्रश्नको उत्तर दिँदै उनले भने, 'हामीले त्यसलाई पनि फरक शैलीमा ढालेका छौं । 'तारेभीर' मा हामीले जीवनमा आउने अनेकौं उतारचडावलाई देखाउन खोजेका छौं । यसअघि अन्य फिल्महरुमा हेर्दै आइरहेको लेडिज एक्सनभन्दा केही फरक स्वाद चाख्न पाउनेछन् दर्शकहरुले 'तारेभीर'मा ।'
 
निर्माता देउ कृष्ण देवानले फिल्ममा आफूले छोटो भूमिकामा अभिनय गरेको जानकारी दिँदै आफ्नो लगानी खेर नजाने बताए । नेक्स्ट जेनेरेसन इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा विष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, देउ कृष्ण देवान, दीपेश श्रेष्ठ, अजयकुमार माझी, मञ्जु श्रेष्ठ, रञ्जित राना र निर्मल थापाको अभिनय छ । फिल्ममा कलाकार प्रेम सुब्बाको कथा तथा निर्देशन छ ।