मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एकसाथ काम गर्दैछन् सलमान र प्रभास ?

एजेन्सी, मुम्बई, 2017/06/15
'बाहुबली' सीरीजले प्रभासलाई एक नयाँ पहिचान दिएको छ । उनको फ्यान फलोइंगलाई देख्दै अब बलीउडका निर्देशक निर्माता पनि उनलाई साइन गर्नका लागि चक्कर लगाइरहेका छन् । केही समयदेखि प्रभास बलीउड फिल्ममा डेब्यू गर्न लागेको खबर पनि नआएको होइन तर आजसम्म यो संभव भएको छैन् । 
 
खबर आएको थियो कि प्रभास करण जोहरको फिल्मबाट बलीउडमा डेब्यू गर्दैछन् तर हाल प्राप्त जानकारीका अनुसार प्रभास रोहित शेट्टीको फिल्ममा सलमान खानसँग देखिँदैछन् । यस विषयलाई लिएर रोहित शेट्टीले हालैमा मिडियासँग कुराकानी गर्दै बताए, 'यो हल्ला मात्र हो । मैले प्रभासलाई डेब्यू गराउन लागेको खबरमा सत्यता छैन् ।'  
 
रोहितले भने, 'यो मात्र हल्ला हो । म अहिले ३ हप्तादेखि स्पेनमा 'फीयर फ्याक्टर' को छायांकन गरिरहेको छु र मलाई थाहा छैन कि यो हल्ला कहाँबाट आयो ।' रोहित शेट्टीको नयाँ फिल्म 'गोलमाल अगेन' चाँडै रिलिज हुँदैछ । यो फिल्ममा अजय देवगन, परिणीति चोपडा, तब्बू, अरशद वारसी देखिँदैछन् । 
 
त्यस्तै, प्रभास अहिले आफ्नो नयाँ तेलुगु फिल्म 'साहो' को सुटमा व्यस्त छन् । सलमान खानको कुरा गर्ने हो भने उनी ईदमा रिलिज हुन लागेको फिल्म 'ट्यूबलाइट' को प्रमोशनमा व्यस्त छन् ।