मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बरु गुण्डागर्दी गरेको भए स्याबासी पाउँथेँ : जिग्री

फिल्मीखबर, काठमाण्डौ, 2017/06/14
‘जिग्री पाँडे प्रतिष्ठान नेपाल’ले सप्तरीमा तीन दृष्टिबिहिन परिवारका लागि घर निर्माण गरेको छ, जून स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि हस्तान्तरण गरिँदैछ । ३० लाखमा तीन घर निर्माण गर्ने लक्ष्यसहित काम थालेका कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) ले सप्तरीको गम्हरीया प्रवाहामा रहेका अतिबिपन्न तीन दृष्टिबिहिन परिवारका १७ सदस्यका लागि घर निर्माण गरेका हुन् । 
 
मंगलवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘जिग्री पाँडे प्रतिष्ठान नेपाल’ ले घर निर्माणका लागि संकलन भएको रकमको विषयमा जानकारी दिए । कार्यक्रममा बोल्दै कुमार कट्टेल (जिग्री) ले भने, 'घर निर्माणका लागि ३० लाख खर्च हुने हाम्रो अनुमान थियो । तराई क्षेत्र र ढुवानीका कारण जति अनुमान हामीले गरेका थियौं त्यति नै खर्च हुने भयो । अहिलेसम्म हामीलाई घर निर्माणका लागि २५ लाख संकलन भएको छ । अझै ५ लाख आवश्यक परेको छ ।' 
 
कुमारले अगाडि भने, 'तीन दृष्टिबिहिन परिवारका १७ सदस्यका लागि घर निर्माण गर्न आर्थिक सहयोग अपिल गर्दा धेरैले नाम र पैसा कमाउनका लागि काम गरेको भन्ने आरोप पनि लगाए । नाम कमाउनका लागि मेरो कलाकारिता नै काफी छ । 'भद्रगोल' बाट माया गरेर मलाई यति उचाईको नाम दिनुभएको छ त्यसका लागि मैले अन्य काम गरिरहनु पर्दैन । अनि पैसा कमाउनका लागि गरि खाने भाँडो बनाइस् भन्नुभएको छ धेरै साथीहरुले उहाँहरुलाई के उत्तर दिन चाहन्छु भने गरि खानका लागि पनि हामीसँग पेशा छ हाम्रो पेशा भनेको कलाकारिता हो । जनताले माया गरेर दिएको पैसाले आफ्नो गाँस, बाँस र कपास जुटाएर हिँडेका छौं त्यसका लागि हामीले यो काम गरेर पैसा कमाउन आवश्यक छैन ।' उनले सबैलाई राम्रो काम गर्न खोज्नेहरुलाई सधै हौसला र साथ दिन पनि आग्रह गरे ।  
 
 
कार्यक्रममा ‘जिग्री पाँडे प्रतिष्ठान नेपाल’ ले गरेको कामको प्रशंसा गर्दै सागर लम्साल (बले) र हरि निरौला (कक्रोज) ले अमेरिका बसाईको क्रममा 'जिग्री-पाँडे' ले गरेको घर निर्माणमा सघाउन २ लाख ५० हजार संकलन भएको जानकारी दिए । त्यस्तै, 'भद्रगोल' का निर्देशक तथा कलाकार शंकर आचार्यले ‘जिग्री पाँडे प्रतिष्ठान नेपाल’ले गरेको कामले तारिफ गर्दै सबैलाई 'जिग्री-पाँडे' को काममा सधाउन अनुरोध गरे । 
 
कार्यक्रममा अर्जुन घिमिरे (पाँडे) पनि सहभागी थिए । 'जिग्री पाँडे प्रतिष्ठान नेपाल' को यो अभियानमामा सप्तरी युथ नेपालले र युवा अभियन्ता रमेश प्रसाद शाहपनि सँगै सहयोगमा जुटेका छन् । कार्यक्रममा ‘जिग्री पाँडे प्रतिष्ठान नेपाल’ लाई सप्तरीमा तीन दृष्टिबिहिन परिवारका लागि घर निर्माण गर्न मणिकुल नारी समुहले ५१ हजार, कृष्ण सिवाकोटीले ५ हजार, अर्जुन खनालले १० हजार र नविन गुरुङले ५ हजार प्रदान गरे । 
 
भिडियो हेर्नूस्