मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमान र डेजी फेरि सँगै

एजेन्सी, मुम्बई, 2017/06/14
बलीउड अभिनेत्री डेजी शाह दबंग स्टार सलमान खानसँग फेरि एक फिल्ममा देखिने भएकी छिन् । डेजीले आफ्नो करिअरको सुरुवात फिल्म 'जय हो' बाट सलमानको अपोजिटमा गरेकी थिइन् । सलमान चाँडै कोरियोग्राफरबाट निर्देशक बनेका रेमो डिसूजाको निर्देशनमा एक डान्स बेस्ड फिल्म ‘डान्सर ड्याड’ सुट सुरु गर्दैछन्, जसका लागि उनी केही पातलो हुनु पर्छ । नृत्य आधारित यो फिल्ममा एक नृतकको भूमिका निर्वाहा गर्नका लागि सलमानले आफ्नो तौल घटाउनु पर्नेछ । 
 
यो फिल्ममा सलमानसँग जैकलीन फर्नान्डिस देखिँदैछिन् । चर्चा छ कि यो फिल्ममा एक मात्र होइन दुई अभिनेत्री हुनेछन् । दोस्रो नायिकाको रुपमा डेजीको नाम फाइनल गरिएको खबर छ । यो फिल्ममा सलमानले एक १३ वर्षकी छोरीकी पिताको भूमिका निर्वाहा गर्दैछन् ।