मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विज्ञापनमा राजेश र मधुको अभिनय

फिल्मीखबर, काठमाडौं, 2017/06/14
सन् २०१४ मा नायक राजेश हमालले सुनसरीकी मधु भट्टराईसँग विवाह गरे । नेपाली फिल्ममा झण्डै ३ दशक विताएका हमाल ५० वर्षको उमेरमा दुहला बनेका हुन् । लामो समयदेखि शुभचिन्तकदेखि पत्रकारहरुको एउटै प्रश्न सुनेर हैरान बनेका हमालले विवाहपछि यी सबै प्रश्नहरुबाट छुटकारा पाए । बैबाहिक सम्बन्धमा बाँधिएको वर्ष दिन वितेपछि फेरि हमाललाई अर्को प्रश्न तेर्सिन थाल्यो, 'अब बुबा कहिले बन्ने ?' अहिले हमाल यो प्रश्नको उत्तर फर्काउदामा नै हैरान छन् । तर, मधु भट्टाराइसँग विवाह गरेको ३ वर्ष बढी भैसक्दा पनि हमाल पिता बन्ने सुरुमा देखिन्नन् । पत्रकारबाट यो प्रश्न आएपनि उनी मिठो हाँसोमा आफू भर्खर २५ वर्षमा लागेको भन्दै कुरा घुमाउन खोज्छन् । 
 
केही वर्षयता आफू अभिनित फिल्महरुले घरेलू बजारमा कमजोर व्यापार गर्न थालेपछि अब चाँडै हमाल आफ्नै निर्माण र निर्देशनमा नयाँ फिल्मको घोषणा गर्दैछन् । केही दिन अगाडि मात्र ५२ वर्ष बसन्त पार गरेर ५३ वर्षमा लागेका हमाल पहिलो पटक एक कम्पनीको विज्ञापनमा श्रीमति मधु भट्टराईसँग देखिएको छ । 
 
३३ सेकेण्ड लामो व्हील ओके सावुनको विज्ञापनमा हमाल र मधुले एकसाथ अभिनय गरेका छन् । भिडियोमा पनि हमाल श्रीमान र मधु श्रीमतिको भूमिकामा छन् । हुनत, यसअघि पनि मधुले केही म्यूजिक भिडियोमा काम गरिसकेकी थिइन् । तर, दर्शकहरुले भने पहिलो पटक हमाल र मधुलाई एउटै फ्रेममा यसरी एकसाथ अभिनय गरेको देखेका हुन् । 'यो विज्ञापनमा अभिनय गर्दा मधुले केही अप्ठ्यारो मानेकी थिइन्', हमाल भन्छन्, 'तर, एक दुई सर्ट दिएपछि उनीमा आत्मविश्वास बढ्दै गयो ।' हमाल र मधुले करीब ७ वर्षसम्म गुपचुप प्रेमपछि विवाह गरेका हुन् ।