मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'प्रेमगीत २' : निर्मातासँग प्रदीपको 'डू एण्ड डाइ' फाइट

फिल्मीखबर, काठमाण्डौ, 2017/06/14
यस वर्षको प्रतिक्षित फिल्मको रुपमा हेरिएको नायक प्रदीप खड्का स्टारर फिल्म 'प्रेमगीत २' साउन १३ गतेबाट अल नेपाल रिलिज हुँदैछ । यो फिल्मको तीनवटा रोमान्टिक गीत समेत रिलिज भैसकेको अवस्थामा अब चाँडै ट्रेलर पनि सार्वजनिक हुँदैछ ।
 
वर्ष २०७२ मा प्रदर्शनमा आएका सन्तोष सेनले निर्माण गरेको फिल्म 'प्रेमगीत' को सिक्वेल 'प्रेमगीत २' को क्लाईमेक्स सिनलाई निर्माणपक्षले निकै दुःख गरेर तयार पारेको छ । झण्डै २ महिनासम्म वर्कसप गरेपछि फिल्मका लागि क्लाईमेक्स सिन खिचिएको थियो । 
 
 
नेपाल, थाइल्याण्ड र म्यानमारको छायांकनपछि काठमाडौंमा नै फिल्मको क्लाईमेक्स सिन खिच्न थाईल्याण्डको अन्डरग्राउण्डमा हुने 'डू एण्ड डाइ' फाइटको सेट तयार पारिएको थियो । थाईल्याण्डमा 'डू एण्ड डाइ' फाइट गैरकानुनी रुपमा हुने गर्छ । निर्माता सन्तोष सेनका अनुसार, यो 'डू एण्ड डाइ' फाइट नेपालमा पहिलो पटक सेट लगाएर खिचिएको हो ।
 
यो सिनका लागि नायक प्रदीप खड्का र निर्माता सन्तोष सेनले आफ्नो कसिलो ज्यान बनाउन निकै मिहिनेत गरेका थिए । फिल्मको क्लाईमेक्स सिनमा प्रदीप खड्का र निर्माता सन्तोष सेनको 'डू एण्ड डाइ' फाइट हेर्न सकिन्छ । यी क्लाईमेक्सका तश्वीरहरु फिल्मको ट्रेलर रिलिज भएपछि सार्वजनिक गर्ने तयारीमा निर्माणपक्ष थियो तर फिल्मसँग सम्बन्धित एक व्यक्तिले उक्त तश्वीरहरु सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिदिएका छन् । 
 
 
यी तश्वीरहरु सामाजिक सञ्जालमा भाइरल भएपछि अहिले निर्माणपक्ष निकै तनावमा देखिएको छ । यस विषयमा फिल्मका निर्माता सन्तोष सेन भन्छन्, 'फिल्म रिलिजको केही दिन अगाडि मात्र यी तश्वीरहरु सार्वजनिक गर्ने हाम्रो तयारी थियो । केही दिन भित्र रोमान्टिक ट्रेलर र रिलिजको केही दिन अगाडि एक्सन ट्रेलर रिलिज गर्ने सोच थियो अनि एक्सन ट्रेलरसँगै मेरो पनि लुक्स सार्वजनिक गर्ने तयारी थियो तर अब एक्सन र रोमान्टिक एउटा मात्र ट्रेलर रिलिज हुनेछ ।' उनका अनुसार, अब रिलिज हुने ट्रेलरमा 'डू एण्ड डाइ' फाइट पनि समाबेश गरिनेछ । 
 
रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्म्सको ब्यानरमा बनेको हो। फिल्मको मुख्य भूमिकामा  प्रदीप खड्का र अश्लेषा ठकुरी छन् ।