मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कात्तिकमा सर्‍यो निशा र हसनको 'रोमियो'

फिल्मीखबर, काठमाण्डौ, 2017/06/13
शंकर कार्कीको निर्देशन रहेको ‘रोमियो’ को नयाँ रिलिज डेट घोषणा गरिएको छ । यसअघि वैशाख २९ गते रिलिज हुने भनिएको फिल्म 'रोमियो' अब कात्तिक १७ गतेबाट सिनेमा घरहरुमा लाग्नेछ । 'किन रिलिज सर्‍यो त ?' निर्माता एवं कलाकार हसनराजा खान भन्छन्, 'वैशाख ३१ मा सम्पन्न पहिलो चरणको स्थानिय निर्वाचनकै कारण फिल्मको प्रदर्शन मिति सारेका थियौं । वितरण कम्पनी एफडीसँग सल्लाहा गरेर कात्तिक १७ गतेलाई प्रदर्शन मिति फाइनल गरिएको हौं ।'
 
उनका अनुसार, अब यो डेटबाट फिल्म पछि सर्ने छैन । फिल्ममा हसनराजा खानसँगै निशा अधिकारी, ओसिमा बानु र मेलिना मानन्धर मुख्य भूमिकामा रहेका छन् । एचआरके प्रोडक्सनको ब्यानरमा हसनराजाले निर्माण गरेको फिल्ममा रामेश्वर कार्कीको छायांकन र किरण घिमिरे ‘माइकल’ ले कथा लेखेका हुन् । 
 
सुरेन्द्र पौडेलले सम्पादन गर्ने बताइएको फिल्ममा अष्ट महर्जनको एक्सन, गम्भीर विष्ट र विपेन गुरुङको कोरियोग्राफी रहनेछ । फिल्मको ‘ल्याङ ल्याङ’ बोलको गीतको अडियो हिट भैसकेको छ ।