मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सात वर्षपछि पर्दामा अभिषेक र ऐश्वर्याको जोडी

एजेन्सी, मुम्बई, 2017/06/13
बलीउडका जूनियर बी अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या राय एक फिल्ममा सँगै काम गर्ने भएका छन् । अभिषेक बच्चन र ऐश्वर्या राय एकपटक फेरि फिल्ममा गर्ने चर्चा चलिरहँदा अभिषेकले भने फिल्म गर्ने वा नगर्ने विषयमा अहिले नै फाइनल नभएको बताएका छन् । उनका अनुसार, अहिले यस विषयमा कुराकानी भैरहेको छ । चर्चा छ कि यी दुई अनुराग कश्यपको फिल्म ‘गुलाब जामुन’ मा अनुवन्धित भैसकेका छन् । 
 
अभिषेकले यस विषयमा भने, 'यो फिल्मलाई अनुराग कश्यपले निर्देशन गर्दै छैनन् । यसलाई नयाँ निर्देशकले निर्देशन गर्नेछन् र अनुराग कश्यपले यसको निर्माण गर्नेछन् । हामी अहिलेपनि यस विषयमा कुराकानी गरिरहेका छौं । तर, हामी यस विषयमा अहिले नै घोषणा गर्न भने सक्दैनौं किनकी मेरो विचारमा यसको घोषणा गर्नका लागि निर्माता नै सही व्यक्ति हुन् ।' 
 
यो जोडी सात वर्षपछि पुन: स्क्रिनमा एकसाथ देखिँदै छ। यसअघि फिल्म 'रावन'मा दुवैले अभिनय गरेका थिए।